बाैद्व । चर्चित नायक तथा मोडल सागर घिसिङ र सिरी लोप्चनले अभिनित गरेको ” सेम ह्रो”को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका तथा मोडल सिरी लोप्चनले निर्माण गरिएको नयाँ प्रेमगीत ” सेम ह्रो” शुक्रबार बौद्ध पिपलबोट स्थित सेकुवा जक्सनमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि गायिका सिरी लोप्चनले तामाङ प्रेम गीत ‘सेम ह्रो’को भिडियो सहित बजारमा ल्याएको हो।
गीतकार ज्ञानदास तामाङको शब्द , युवा गायक तथा संगीतकार विहिन दोङको संगीत साथै संगीतकारद्धय विहिन दोङ र गायिका श्री लोप्चनको सुमधुर आवाज रहेको छ।
“सेम ह्रो” अर्थात् (मनको साथी )यस गीतले माया प्रेम गर्ने जोडीहरुलाई निकै सकारात्मक सन्देश दिएको छ।
पवित्र मायालाई घात गर्नु हुदैन एकअर्का बीचमा विश्वास र भरोसा गर्नुपर्छ भन्ने खालको भाव प्रस्तुत गरिएको छ।
वरिष्ठ निर्देशक अजय स्याङतानद्वारा निर्देशन गरिएको
“सेम ह्रो”को भिडियोमा चर्चित नायक सागर घिसिङ र गायिका स्वयम् सिरी लोप्चनले अभिनयमा मुख्य भुमिका गरिएको छन् ।भने बाल कलाकारमा रुपमा साङवो योञ्जनलाई डेव्यु गरेको छ।
गीतको एरेन्ज वाङ्च्यु फ्युवाले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।भिडियोको इडिट/ कलर निर्देशक अजय स्याङतानले गरेको हो।
सिरी लोप्चन गायिकाकी रुपमा मात्रै प्रस्तुत रहेकी थिए।तर यस गीतमा भने मुख्य अभिनय गरेकी छिन् ।भने प्रेमगीतमा अभिनय गरेको म्युजिक भिडियो भने यो पहिलो गीत हो।
उक्त पत्रकार सम्मेलनमा महानायक अमिर दोङ, तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष चर्चित संगीतकार तथा गायक बिशाल काल्तान,नायक रितुराज पाख्रिन, समाजसेवी सरोज लामा गायक तथा संगीतकार अनिल लामा मदन ग्लान,गायिका रेश्मा बम्जन, लक्ष्मी स्याङतान,गायक जीवन बम्जन मोडल मिलन थिङ,लगायत कलाकार र पत्रकारहरु उपस्थिति रहेका थिए।
यस गीतको म्युजिक भिडियो गायिका सिरी लोप्चनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।
(भिडियो हेर्नुस्)

























