काठमाडौ । नेमा लोप्चानको ‘एला गोईलो’नयाँ गीतको म्युजिक भिडियो सहित बजारमा आएको छ

सार्वजनिक भएको भिडियोमा निर्देशक तथा महानायक अमिर दोङ,मोडल सन्जिव गोले र रस्मिला लामाले अभिनय गरेका छन् ।

शब्द निमा दोङको छ भने संगीत सानुबाबु घिसिङले दिएका छन् । गीतमा चर्चित ब्यस्त गायिका जितु लोप्चान र युवा गायक च्वाईस दोङको स्वर रहेको छ ।

एरेन्ज जोगलाल लामाले गरेको हो । यसैगरी गीतलाई मिक्सिङ दिपेश प्रधानले गरेको छ ।

भिडियोमा कृष्ण ब्लोनको निर्देशन गरेको हो भने अतिथि कलाकारमा मोडल हेरुका लामाले भुमिका निर्वाह गरेका छन् ।साथै उक्त भिडियो छायांकन तथा सम्पादन बज्र ङ्यासुरले गरेको हो।

भिडियोलाई शुक्रबार डम्फु मिडिया प्रा.लि को अफिसियल  युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोछ ।

भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।