काठमाडौ । प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटि को प्रथम अधिबेशन सम्पन्न भएको छ।आइतबार जापान स्थित तोहुकुमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्ष अनिल गिरीको नेतृत्व १९ सदस्यीय क्षेत्रीय कमिटी चयन गरिएको छ ।

सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित हुनेहरुमा क्रमशः अध्यक्षमा अनिल गिरी, उपाध्यक्षमा दिपक तामाङ ९स्याङ्तान, सचिबमा सुजनराज गुरुङ, उप(सचिबमा सुजन बौद्धचार्य र दिपक तामाङ (दोङ) रहेका छ्न भने सदस्यहरुमा कमल बिक, नारायण रिमाल, भबेश न्यौपाने, राजेन्द्र मिश्र, उत्तम घिमिरे, बलराम दाहाल, मनोज कार्की, सुर्यप्रसाद कोईराला, सजन सापकोटा, भरत जैशी, मिलन लो लामा, बुनु तामाङ, रामकृष्ण मानन्धर लगायत निर्वाचित भएका हुन ।


प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्बी एसिया ईन्चार्ज भक्त गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशबमा बिशेष अतिथि प्रवासी नेपाली मंच पूर्बी एसिया कमिटि अध्यक्ष डा। सरोज कडेल, प्रवासी नेपाली मंच जापानका अध्यक्ष सुरेश केसी रहेका थिए भने अतिथिहरुमा संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल, प्रचार बिभाग प्रमुख प्रकाश ढकाल, संघसंस्था बिभाग प्रमुख अर्जुन अधिकारी, कान्तो क्षेत्रीय कमिटि अध्यक्ष बुद्धिराज घिमिरे , राष्ट्रिय कमिटि सदस्य बिजय उप्रेती, राष्ट्रिय कमिटि सदस्य बिनय गुरुङ लगायतका उपस्थिति रहेका थिए ।

अधिवेशन सम्पन्न पश्चात् अबको केही दिनमा नै पहिलो बैठक बस्नेव र औपचारुक रुपमा बांकि ६ जना सदस्य मनोनित गरि प्रभावकारी तथा रचनात्मक ढंगले मंचले गतिविधिहरु संचालन गर्ने जानकारी दिए।
६ जना कमिटिको बैठकबाट मनोनित गरेपश्चात प्रवाशी नेपाली मंच जापान तोहोकु क्षेत्रीय कमिटी २५ जनाको रहने मंचले जानकारी गरेको हो ।

Comments

comments