मिलन दोङ तामाङ
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका काभ्रेपलाञ्चोक बासीको साझा संगठन काभ्रे कल्याणकारी सेवा समाज, मलेसियाले एक ब्रेन ट्युमर रोगीलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । समाजले काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा ९ चोपाटार निवासी ६७ बर्षिय बुध्दिमान तामाङ दोङलाई उपचारको लागि आर्थिक सहयोग गरेको हो ।
दोङ ब्रेन ट्युमर भई विगत लामो समयदेखि अस्पतालमा उपचाररत थिए । उपचार खर्च अभाव भएको कारण संस्थाको सल्लाहकार तथा बिरामीको छोरा भोज कुमार दोङले सहयोगको अपिल गरेको थियो । संस्थाको उपाध्यक्ष तथा तेमाल अन्लाईन प्रवास प्रतिनिधि मिलन दोङ तामाङका अनुसार सोमबारको काभ्रे कल्याणकारी समाज नेपालको पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा नेपाली रुपैयाँ १,०१,०००।– (एक लाख एक हजार) आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
काभ्रे कल्याणकारी समाज मलेसियाले समाज सेवा सँगसँगै श्रमिकहरुको अधिकारका लागि सक्रिय भुमिका निभाउँदै आएको छ । समाजले विभिन्न प्रकारका रोग र आर्थिक अभावका कारण छट्पटी रहेका कयौं बिरामीहरुको पिडामा मलम लगाउदै आइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























