स्वरोजगार ट्रक टिपर व्यवसायी संघ र अध्यक्ष अखिल नेपाल यातायात मजदुर संघले जिल्ला समन्वय समिति, काभ्रेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ट्रक–टिपरलाई निर्वाध र व्यवस्थित तरिकाले काभ्रे जिल्लामा सञ्चालन गर्न पहल गर्नुपर्ने माग राख्दैस्वरोजगार ट्रक टिपर व्यवसायी संघका कोषाध्यक्ष सुदर्शन बस्नेतले जिसस प्रमुख दिपक गौतमलाई उक्त ध्यानाकार्षण पत्र बुझाएका हुन् ।
प्रमुख गौतमसँग आम टिपर व्यवसायी र मजदुरलाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरिने गरेको गुनासो गर्दै कोषाध्यक्ष बस्नेतले राज्यलाई ठुलो मात्रामा सहयोग गर्ने आम मजदुर र व्यवसायीलाई एउटा सामान्य नागरिकको जतिपनि व्यवहार नगरेको गुनासो पोखेका थिए ।
‘व्यवसायीले बैक तथा वितिय संस्थाबाट लिएको ऋण समेत तिर्न नसक्ने अबस्था छ । ठुला–ठुला भाषण गर्ने राज्यको प्रमुख अङ्गहरुबाट समेत आम टिपर व्यवसायी र मजदुरलाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरिने गरेको छ । राज्यलाई ठुलो मात्रामा सहयोग गर्ने आम मजदुर र व्यवसायीलाई एउटा सामान्य नागरिकको जतिपनि व्यवहार भएको पाईन्न ।’ बस्नेतले गौतमसँग भने, ‘विषेशतः काभ्रे जिल्ला भएर संचालन भएका टिपरहरुलाई विभिन्न बहानामा कहिले प्रशासन त कहिले अन्य समुहहरुबाट बाधा सृजना गरी व्यवसायमै प्रतिबन्ध समेत लगाउने गरिएको छ । यसरी दिनमा प्रतिबन्ध लगाईएको कारण मजदुरहरु आफनो जिवनको पर्वाह नगरी रातभरि विकाश निर्माण स्थलहरुमा काम गर्न बाध्य छन् । जसको कारण उनिहरुको पारिवारिक कलह र सामाजिक जिबनमा समेत समस्याहरु सृजना भएको छ । हाल रातको समयमा मात्र सवारी संचालन हँुदा विभिन्न किसिमका समस्याहरु आउने गरेको विभिन्न अध्ययनले देखाएको छ।’
यस्तो छ प्रमुख गौतमलाई बुझाएको ध्यानाकर्षण पत्र
हाल नेपालमा भएको विभिन्न परिबर्तनका साथै राजनैतिक उतार चडाबको विच पनि विकाश निमार्णको कार्यले ठुलो फड्को मारेको छ । साथै परिवर्तनको बाहक टिपर व्यवसायीहरु र टिपर मजदुरहरुलाई राज्य र प्रशासनिक निकायबाट गरिएको दुव्र्यवहार, व्यवसायमा लगाईएको बन्देजको कारण हाल लाखौ मजदुर र व्यवसायी सडकमा पुग्नुपर्ने अबस्थामा पुगेका छन ।
विभिन्न राजनैतिक परिवर्तनमा सबै किसिमको सहयोग गर्दै आएका टिपर व्यवसायीहरु र मजदुरहरुलाई राजनैतिक नारामा समेत स्वदेशमा नै रोजगारी श्रृजना गर्ने, विदेशमा भएका नेपालीहरुलाई स्वदेश फिर्ता गरी देश विकासमा लगाईने भनि दिएको आश्वासन समेत पुरा नगरी नेपालीहरु पिडित भएको सर्वविदितै छ ।
व्यवसायीले बैक तथा वितिय संस्थाबाट लिएको ऋण समेत तिर्न नसक्ने अबस्था छ । ठुला ठुला भाषण गर्ने राज्यको प्रमुख अङ्गहरुबाट समेत आम टिपर व्यवसायी र मजदुरलाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरिने गरेको छ । राज्यलाई ठुलो मात्रामा सहयोग गर्ने आम मजदुर र व्यवसायीलाई एउटा सामान्य नागरिकको जतिपनि व्यवहार भएको पाईन्न । विषेशतः काभ्रे जिल्ला भएर संचालन भएका टिपरहरुलाई विभिन्न बहानामा कहिले प्रशासन त कहिले अन्य समुहहरुबाट बाधा सृजना गरी व्यवसायमै प्रतिबन्ध समेत लगाउने गरिएको छ । यसरी दिनमा प्रतिबन्ध लगाईएको कारण मजदुरहरु आफनो जिवनको पर्वाह नगरी रातभरि विकाश निर्माण स्थलहरुमा काम गर्न बाध्य छन् । जसको कारण उनिहरुको पारिवारिक कलह र सामाजिक जिबनमा समेत समस्याहरु सृजना भएको छ । हाल रातको समयमा मात्र सवारी संचालन हँुदा विभिन्न किसिमका समस्याहरु आउने गरेको विभिन्न अध्ययनले देखाएको छ।
हाल हामी यस टिपर व्यवसायसँग सम्बन्धित सरोकारवालाहरुको अध्यनले समेत दुर्घटनाको दर बृद्धि भएकोले दुर्घटना न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा र अन्य टिपर व्यवसायी र मजदुरहरुको समस्याको विषयमा समेत जिल्लाका सम्बन्धित सरोकारवालाहरुको विभिन्न समयमा ध्यानाकषर्ण गरीएको व्योहरा जानकारी गराईन्छ । सरोकारवाला पक्षहरुको कार्यदल बनाई समस्याको कारण पहिचान गरि हल गर्नको निमित्त अगाडी बढने विषयमा पहल गरि निर्बाद रुपमा ट्रक टिपर संचालन गर्ने वातावरण बनाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
हाल टिपरहरु लाई निर्बाध र व्यवस्थित रुपमा संचालन गर्न दिएमा व्यवसायीहरु र मजदुरहरुलाई नेपालमै केहि गर्न सकिन्छ भन्ने सन्देशका साथै राज्यको विकाशमा ठुलो टेवा पुग्ने छ। हामिले मर्यादित पेशाका रुपमा संचालन गर्नको लागी गर्नुपर्ने सबै कानुन बमोजिम सबै कामहरु गर्न सबै मजदुर र व्यवसायीहरु प्रोत्साहन गर्ने र काभ्रे जिल्लामा उदाहरणिय व्यवसायको रुपमा टिपर व्यवसायी र मजदुरलाई सम्मान योग्य बनाउन पहल समेत गर्ने प्रतिबद्धता गर्दछौं । यस कामको शुरुवात यस जिल्लाबाट नै भएमा सुनमा सुगन्ध हुनेछ भन्ने विश्वास समेत लिएका छौं । ।
जय के सी
अध्यक्ष अखिल नेपाल यातायात मजदुर संघ
शुदर्शन बस्नेत
कोषाध्यक्ष
स्वरोजगार ट्रक टिपर व्यवसायी संघ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















