काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा एलपी ग्याँसको खपतलाई घटाउन एक हजार थान बिधुतिय चुलो वितरण गर्ने भएको छ । ‘एलपी ग्याँसलाई विस्तापित गरौं, स्वदेशी उर्जाको उपयोग गरौं, तेमालको भान्सामा बिधुतिय चुलोको प्रयोग गरौं ।’ भन्ने मूल नाराका साथ तिमाल सामुदायिक ग्रामीण बिधुतीकरण सहकारी संस्था लि.ले चोलो वितरण गर्न लागेको हो ।
सहकारीको आफ्नो सेवा क्षेत्र तेमाल गाउँपालिकाको सबै वडाहरुमा जिआइजेट इन्डेवको आर्थिक सहयोगमा सामुदायिक विद्युत उपभोक्त राष्ट्रिय महासंघ र प्राक्टिकल एक्शनको समन्वयमा बिद्युतीय चुलोको बजारमुखी प्रवद्र्धन कार्यक्रम शुभराम्भ भएको संस्थाका अध्यक्ष साकीमान तामाङले जानकारी दिए ।
यो पटक कम्तीमा एक हजार थान बिधुतिय चुलो प्रवद्र्धन गर्ने र एलपी ग्यासको खपत घटाउदै लाने कार्यक्रमको लक्ष्य रहेको बताउँदै अध्यक्ष तामाङले बिस्तारै एलपी ग्यासलाई कम गराउदै तेमालको अर्थतन्त्र लाई टेवा पुर्याउने उद्देश्य रहेको जानकारी दिए ।
कार्यक्रम बाट उपभोक्तलाई हुने सहयोगः
१) प्रती चुलो रु २०००।– (दुई हजार) छुटको व्यवस्था रहेको ।
२) प्रती महिना रु. १३०।– (एक सय तीस) पाँच महिनासम्म जम्मा रु. ६५०।– (छ सय पचास) बिद्युत महसुलमा छुटको व्यवस्था रहेको ।
३) तेमाल गाउँपालिका भरिको १०० वटा गरिब तथा निम्न बर्गको घरपरिवार लाई रु १३००।– (एक हजार तीन सय)को दरले बिद्युतिय वाईरिङमा अनुदानको व्यवस्था रहेको ।
४) संस्थाको प्राबिधिकहरुबाट चुलोको सहि प्रयोग बारेमा सचेतना कार्य गर्नेछ ।
चुलो आवश्यक पर्ने उपभोक्तले कसलाई सम्पर्क गर्ने ?
१) निराजन मैनाली .९८४१४७२१४६
२) लाली माया तामाङ .९८४५६९११३
३) पेमा तामाङ .९८४१२६४९७१
यस्तो छ सामानको मुल्यः
CG Induction C02- रु ३८००/-
Diamond pressure cooker.3Ltr. रु १८००/-, 5Ltr. रु २०००/-
Delight karahi.रु१८५०/-
Tapke. तीन प्रकारको रु५५०/-, रु६५०/-, रु७५०/-
अन्य गुणस्तर प्राप्त कम्पनीको पनि लिन सकिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























