भक्तपुर । १० वर्षकी कलिलो उमेरकी ब्लड क्यान्सर पीडित रजनी तामाङलाई माउण्ट एभरेष्ट युथ क्लबद्वारा संकलित रकम रु ३००००(तीस हजार) रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा ४ निवासी पुर्ण बहादुर तामाङको छोरीलाई विगत ३ वर्ष देखि क्यान्सर भएकी पीडित रजनीलाई क्लबबाट संकलित रकम अध्यक्ष सन्त बहादुर तामाङद्वारा पीडित निवासमै पुगेर हस्तान्तरण गरिएको हो।

क्लबका अध्यक्ष तथा समाजसेवी सन्त बहादुर तामाङले क्यान्सर पीडित रजनी तामाङलाई स्वास्थ लाभको कामना गर्दै निरन्तर आफुले सकेको सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्दै देश तथा विदेशमा रहेका आम नेपालीहरु सहयोगी मनका व्यक्तिहरुलाई सहयोगक‍ो लागि अनुरोध समेत गरिएको छ।

रजनी तामाङलाई हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गरिरहेकी छिन् ।आफुसंग भएको पैसा छोरीलाई उपचार गर्दागर्दै सकेर हाल उपचार गर्न समस्या भएको बताउदै बुबा पुर्ण बहादुर तामाङ निकै भावुक भएर छोरीलाई बचाउन हारगुहार गरेका छन् ।

हामी एकले थुक्दा सुक्छ हजारौंले थुक्दा नदी बन्छ भन्ने झै यी१० वर्षकी कलिलो उमेर भर्खरै फुल जस्तै फुल्दै गरिकी रजनी यतिबेला मृत्युसंग लडिरहेकी छिन् । उनलाई बचाउनको लागि हिमालय बैंकमा रहेको बुबा पुर्ण बहादुर तामाङको नाममा खोलिएको बैंक खाता न :- 00210208640016 सहयोग गरिदिनु हुन घरपरिवारले अपिल गरेका छन् ।

पीडितलाई उक्त सहयोग हस्तान्तरण गर्न क्लबका पदाधिकारी समेत उपस्थिति रहेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।