काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा सञ्चालन भइरहेको तिमाल बृहत खानेपानी आयोजनाको लागि उपलब्ध भएको छ । खानेपानी बितरणको लागि ट्रासफरमरको क्षमता कम भई पानी लिफ्टिङमा समस्या भएपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले उपलब्ध गराएका हुन् ।

तिमाल बृहत खानेपानी आयोजनाका अध्यक्ष संग्राम लामा र तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लिमिटेडका अध्यक्ष सार्कीमान लामाले ट्रान्सफर्मरको लागि पहल गरेका थिए । सुनकोसी नदीबाट पानी लिफ्टिङ गरेर तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको लागि खानेपानीको व्यवस्था गर्न लागेको हो ।

तेमाल गाउँपालिका वडा नं. १–९ जम्मा ८ हजार २ सय २५ घरधुरी, नमोबुद्ध नगरपालिका वडा नम्बर ३, ४ र ५ का १५ सय ८ घरधुरी र रोशी गाउँपालिका वडा नं. ७ को १ सय १० घरधुरीहरुमा खानेपानी बितरणको लागि ट्रासफरमरको क्षमता कम भई पानी लिफ्टिङमा समस्या भएको थियो ।
रु. ८१ लाख बराबरको २०० केभिएको ५ थान ट्रान्सर्फमर उपलब्ध गराएको सहकारी संघका अध्यक्ष सार्कीमान तामाङले जानकारी दिए ।

सबै ट्रान्सफर्मर आयोजना स्थलमा पुगिसकेको समेत तामाङले जानकारी दिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला