काभ्रे जिल्लाको स्थानीय तहहरुको बेरुजु ५५ प्रतिशतले घटेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष ०७७।७८ को बेरुजु ३१ करोड ४० लाख ७८ हजार रहेको छ ।
गत वर्ष सार्वजनिक महालेखापरिक्षकको ५८औँ वार्षिक प्रतिवेदनमा काभ्रेका स्थानीय तहको बेरुजु ५७ करोड १५ लाख ५० हजार रहेको थियो ।
जिल्लामा ६ नगरपालिका र सातवटा गाउँपालिका गरी १३ स्थानीय तह रहेका छन् । प्रतिवेदनअनुसार ६ नगरपालिकामध्ये प्रतिशतको आधारमा मण्डनदेउपुर नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ भने सबैभन्दा कम पनौती नगरपालिकाको बेरुजु देखिन्छ ।
सात गाउँपालिकामध्ये प्रतिशतको आधारमा महाभारत गाउँपालिकाको बेरुजु बढी रहेको देखिन्छ । यस गाउँपालिकाको ४.६० प्रतिशत बेरुजु रहेको छ भने सबैभन्दा कम बेरुजु रोशी गाउँपालिकाको देखिएको छ । रोशी गाउँपालिकाको बेरुजु १.०२ प्रतिशत रहेको छ ।
यस्तो छ बेरुजु विवरणः
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिकाको २.७१ प्रतिशत बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ७६ करोड ६५ लाख १८ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा चार करोड ७८ लाख १९ हजार बेरुजु देखिएको हो ।
पनौति नगरपालिका
पनौती नगरपालिकाको ०.६८ प्रतिशत बेरुजु रहेको छ । दुई अर्ब १५ करोड ८५ लाख ९१ हजारको लेखापरीक्षण भएकोमा नगरपालिकाको बेरुजु एक करोड ४५ लाख ९१ हजार छ ।
नमोबुद्ध नगरपालिका
नमोबुद्ध नगरपालिकाको एक अर्ब २६ करोड ७६ लाख ४३ हजारको लेखापरीक्षण गर्दा दुई करोड ९३ लाख १७ हजार अर्थात् २।३१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा जनाइएको छ ।
धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिकाको एक अर्ब ७१ करोड ६१ लाख ४ हजारको लेखापरीक्षणमा बेरुजु रकम तीन करोड ३१ लाख ८७ हजार अर्थात् १.९३ प्रतिशत,
बनेपा नगरपालिका
बनेपा नगरपालिकाको दुई अर्ब २९ करोड ७९ लाख १३ हजारको लेखापरीक्षणमा तीन करोड ५१ लाख ३० हजार अर्थात् १.५३ प्रतिशत रहेको छ ।
पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाको एक अर्ब ६६ करोड ७ लाख हजार हजारको लेखापरीक्षणमा एक करोड ५९ लाख ९३ हजार अर्थात् ०.९६ प्रतिशत बेरुजु देखिएको छ ।
रोशी गाउँपालिका
रोशी गाउँपालिकाको १.०२ प्रतिशत रहेको छ । एक अर्ब २२ करोड २५ लाख ३८ हजारको लेखापरीक्षण गर्दा एक लाख २४ लाख ७३ हजार बेरुजु देखिएको छ ।
महाभारत गाउँपालिका
महाभारत गाउँपालिकाले ८५ करोड २७ लाख ११ हजारको लेखापरीक्षण गरेकोमा तीन करोड ९२ लाख बेरुजु रहेको छ ।
तेमाल गाउँपालिका
तेमाल गाउँपालिकाको एक अर्ब ६ करोड ८२ लाख २३ हजारको लेखापरीक्षणमा दुई करोड ५५ लाख ६९ हजार अर्थात् २.३९ प्रतिशत देखिन्छ ।
खानीखोला गाउँपालिका
खानीखोला गाउँपालिकाको ७५ करोड ४५ लाख ९४ हजारको लेखापरीक्षणमा एक करोड ४५ लाख ४० हजार अर्थात् १.९३ प्रतिशत बेरुजु देखिएको छ ।
बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिकाले ९२ करोड १५ लाख ४८ हजारको लेखापरीक्षणमा एक करोड ७२ लाख ७३ हजार अर्थात् १.८७ प्रतिशत देखिन्छ ।
भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिकाको एक अर्ब १७ करोड २८ लाखको लेखापरीक्षणमा एक करोड ७१ लाख १५ हजार अर्थात् १.४६ प्रतिशत रहेको छ ।
चौंरीदेउराली गाउँपालिका
चौरीदेउराली गाउँपालिकाको एक अर्ब १३ करोड ९४ लाख १७ हजारको लेखापरीक्षणमा एक करोड ७८ लाख ७१ हजार अर्थात् १.०४ प्रतिशत बेरुजु देखिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















