काभ्रेको चौंरीदेउराली गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता पायक पर्ने गरि विभिन्न स्थानबाट वितरण गर्ने भएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाको विभिन्न स्थाानहरुबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने घोषणा गरेको हो ।
सूचनामा आर्थिक वर्ष ०७८÷०७९ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण साउन ९ गतेबाट शुरु गर्ने जनाएको छ ।
सोही अनुसार एन.सी.सी बैंक, चौंरीदेउराली शाखा र जनप्रतिनिधिको संयुक्त पहलमा यसरी भत्ता तिवरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
कहिले कहाँबाट वितरण गर्नेभयो ?
गाउँपालिकाका प्रवक्ता धनबहादुर तामाङका अनुसार जनतालाई सकेसम्मको पायक पर्ने स्थानबाट भत्ता वितरण गर्न लागेको हो ।
सोही अनुसार मिति २०७९/०४/०९ र १० गते वडा नं. १ का लाभग्राहीहरुको लागि एन.सी.सी बैंक, एक्सटेन्सन शाखा, ढाँडखर्क भञ्ज्याङमा, मिति २०७९/०४/११ र १२ गते वडा नं. २ का लाभग्राहीहरुको लागि एन.सी.सी बैंक, एक्सटेन्सन शाखा, ढाँडखर्क भञ्ज्याङमा, मिति २०७९/०४/१३ गते वडा नं. ३ का लाभग्राहीहरुको लागि वडा नं. ३ को कार्यालय, माझीफेदामा, मिति २०७९/०४/१५ र १६ गते वडा नं. ४ का लाभग्राहीहरुको लागि एन.सी.सी बैंक, एक्सटेन्सन शाखा, ढाँडखर्क भञ्ज्याङ, २०७९/०४/१७ र १८ गते वडा नं. ५ का लाभग्राहीहरुको लागि एन.सी.सी बैंक, एक्सटेन्सन शाखा, ढाँडखर्क भञ्ज्याङ, २०७९/०४/१९ र २० गते वडा नं. ९ का लाभग्राहीको लागि एन.सी.सी बैंक, एक्सटेन्सन शाखा र ढाँडखर्क भञ्ज्याङ र एन.सी.सी बैंक शाखा, कातिकेदेउराली, मिति २०७९/०४/२२ र २३ गते वडा नं. ६ का लाभग्राहीहरुको लागि एन.सी.सी बैंक शाखा, कातिकेदेउराली, मिति २०७९/०४/२४ र २५ गते वडा नं. ७ का लाभग्राहीहरुको लागि एन.सी.सी बैंक शाखा, कातिकेदेउराली, मिति २०७९/०४/२९ र ३० गते वडा नं. ८ का लाभग्राहीहरुको लागि एन.सी.सी बैंक शाखा, कातिकेदेउरालीबाट वितरण गरिने जनाएको छ ।
साथै कार्यालयले आर्थिक वर्ष २०७९/०८० को लागि सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण समयसिमा भित्रै गर्न समेत आव्हान गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























