काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको नगर युवा परिषद्को कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले शपथ लिएका छन् ।
शुक्रबार नगर कार्यालयमा एक समारोहका बीच नगर प्रमुख कुन्साङ लामाले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण सकिएपछि अधिकारीले पदभार समेत ग्रहण गरेका थिए ।
अधिकारी वडा नं. ८ का स्थायी बासिन्दा हुन् भने नेपाली काँग्रेसका युवा नेता समेत हुन् ।
Comments