पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जापान जाने भएको छ । अध्यक्ष प्रचण्ड ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक सावन २१ गते जापान जाने भएको हो ।

नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका एक प्रमुख नेता प्रचण्डले सहभागिता जनाउने मंचका महासचिव बाबुराम पौडेलले जनाए ।

उनका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५ः३० बजेदेखि हुने सो अन्तरक्रिया कार्यक्रमसहित नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरि द्वीपक्षीय सम्बन्धका विषयमा छलफल हुने पनि बताईएको छ ।

४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लागेका प्रचण्डले जापानका विभिन्न एतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गरिने बताईएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।