काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पचवारघाट प्रहरी चौकीलाई मोटरसाइकल प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष चन्द्र लामाले बुधबार प्रदेश ३–०२–००५ प. २३४९ नं.को २२० सिसिको पल्सर मोटरसाइकल चौकीलाई हस्तान्तरण गरिएको छ ।

मोटरसाइकल हस्तान्तरण पचुवारघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक क्षेत्रबहादुर भण्डारीलाई अध्यक्ष लामाले हस्तान्तरण गरिएको थियो । सो अवसरमा वडा नं. ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृत केदार ढकालको समेत सहभागीता रहेको थियो ।

सेवा प्रवाहको लागि सो प्रहरी चौकीलाई सवारी साधानको अति नै आवश्यकता रहेकोमा गाउँपालिका अध्यक्ष लामा आउनसाथ मोटरसाइकलको व्यवस्था गरेको छ । जनताको सेवामा प्रभावकारी होस भनेर प्रहरी चौकीलाई मोटरसाइकलको व्यवस्था गरेको बताउँदै अध्यक्ष लामाले शान्ति सुरक्षा, अमानचायन कामय गर्न गाउँपालिकाले गर्नुपर्ने कुनै पनि कसर बाँकी नराख्ने बताए ।

भौगोलिक विकटताका कारण सवारी साधन नहुँदा जनताको सेवा गर्न कठीन रहेकोमा अब कठीन नहुने सहायक निरिक्षक भण्डारीले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।