काठमाडौ ।ज्योमोगाङ मिडिया प्रा.लिको प्रस्तुति रहेको “हिमाली गाउँको आस्याङकी छोरी”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सिन्धुपाल्चोक जुगल गाउँपालिको अध्यक्ष रेशम स्याङबोको प्रमुख आतिथ्यतामा शनिबार म:म प्लाजा बाैद्वमा एक विशेष समारोह आयोजना गरि उक्त म्युजिक भिडियो बजारमा ल्याएको हो।
सञ्जिव स्याङबनको शब्द, र संगीतकार सानुबाबु घिसिङको संगीत रहेको गीतमा युवा गायक प्रेम लाल दोङ र गायिका सृजना स्याङतानको आवाज रहेका छन् ।
उक्त म्युजिक भिडियोमा मोडल पेम्बा लामा,सोना थोकर तामाङ , अबेस तामाङ र सुशीला ग्लानले भिडियोमा मुख्य अभिनयको भुमिका निर्वाह गरेका छन् ।
समीर स्याङबाले निर्देशन गरेको भिडियोलाई विरेन तितुङले छायांकन गरेको हो।
गीतको अडियो एरेञ्ज संगीतकार जोगलाल लामाले गरेको गीतलाई मिक्सिङ वरिष्ठ एरेञ्ज दिपेस प्रधानले जिम्मेवार निर्वाह गरेका छन् ।
कार्यक्रममा विशेष अतिथि तामाङ कलाकार संघका महासचिव रोशण फ्युवा, विशेष अतिथि वरिष्ठ एरेञ्ज दिपेस प्रधान, मिसन नेपालका महासचिव मिलन दोङ लगायत कलाकारहरुको उपस्थिति रहेका थिए।
“हिमाली गाउँको आस्याङकी छोरी” गीतको म्युजिक भिडियोलाई ज्योमोगाङ मिडिया प्रा.लि का अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको हो।
ज्योमोगाङ मिडिया प्रा.लि का अध्यक्ष समीर स्याङबोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम पत्रकार सुदिन दोङले सञ्चालन गरेको हो।
भिडियो हेर्नुस्

























