काठमाडौ ।सिन्धुपाल्चोक जिल्लाबाट सांगीतिक जगतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल युवा गायक तथा संगीतकार आस्मान लोप्चानको बिल्कुलै हिमाली सेलो गीत हाम्मैलिला खैलाला (शेर्पाको हुल उठ्यो)भिडियो सहित सार्वजनिक भएको छ ।
गीतको शब्द र संगीत गायकद्धय आस्मान लोप्चानकै रहेको छ भने आवाज युवा गायक आस्मान लोप्चान र गायिका लामु शेर्पाको रहेको छ ।
यस म्युजिक भिडियोमा गायक आस्मान लोप्चान, मिङ्मा डोल्मा शेर्पा, छोङ्बा शेर्पा(ह्रिन्छेन) विशेष भुमिका निर्वाह गरेका छन् । भने लक्पा दोर्जे तामाङ, निरोज तामाङ, सम्झना घिसिङ, सुश्मिता तामाङ, सञ्चरानी शेर्पा, कमला शेर्पा, राजु लामा लगायतका कलाकारहरुको नृत्य रहेका छन् ।
उक्त भिडियोलाई बुद्ध लामा तितुङको निर्देशनमा तयार पारिएको भिडियोलाई ईडिट र कलर सुर्य लामाले गरेको हो।
जोगलाल लामाको एरेन्ज रहेको यस गीतको मिक्सिङ भने दिपेश प्रधानले गरेका हुन् । बुद्ध लामा तितुङको निर्देशन तथा पुर्ण लामाको नृत्य निर्देशन गरेको हो।
तामाङ भाषामा रहेको बल्ल पो तामाङको हुल उठ्यो बोलको गीत सार्वजनिक गरे पछि फेरि लोप्चानले बल्ल पो शेर्पाको हुल उठ्यो भन्ने यस गीत बजारमा ल्याएका हुन् ।
गीतको भिडियो Click Nepal Youtube Channel मार्फत सार्वजकि गरिएको छ ।
भिडियो हेर्नुहोस…..

























