नगरकोट । तामाङ पत्रकार संघ भक्तपुरद्वारा २८ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा आयोजित तीन दिवसीय पत्रकारिता तालिम सम्पन्न भएको छ ।

वाग्मती प्रदेशका उपसभामुख माननीय राधिका तामाङको प्रमुख आतिथ्यतामा पर्यटकीय क्षेत्र नगरकोटको साकुरा दरबारमा एक कार्यतक्रमका बीच समापन भएको हो ।

“व्यावसायिक पत्रकारिता आजको आवश्यकता, तामाङ पत्रकार संघ, शाखा भक्तपुरको प्रतिबद्धता”भन्ने नाराकासाथ “उद्घोषण, ब्याक्तित्व बिकास र छापा, अनलाइन”तालिम श्रावण २०,२१ र ११ गते तीन दिवसीय प्रशिक्षण वरिष्ठ प्रशिक्षक अमरध्वज लामा, राष्ट्रिय प्रशिक्षक विकास देव योञ्जनद्वारा प्रशिक्षण दिएको थियोे ।

आम सञ्चार जगतमा दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले गरेको तीन दिवसीय प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएको थियो भने तालिममा सहभागीतन हुने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र वितरण गरेका थिए।

साथै कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल, विशेष अतिथि नेपाल तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, महानायक अमिर दोङ, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य हिरालाल दोङ,नेपाल तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल, समाजसेवी तथा तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाइवा,तामाङ समुदायको पहिलो र्यापार उतर लामा, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन दोङ,नायक तथा समाजसेवी टुल्साङ मोक्तान र मिसन समृद्ध नेपालका सचिव सरोज लामा,उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस लामा र समाजसेवी रविन लामा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको उद्घाटन समारोह भने नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष के.डी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थिए ।तामाङ पत्रकार संघ भक्तपुर अध्यक्ष सुदिन दोङको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका सचिव छेडुप लामाले सञ्चालन गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।