बाैद्व । साताैं तामाङ ज्ञान महोत्सवको तयारी पुरा भएको छ।
तामाङ पुस्तकालय बौद्धमा पत्रकार सम्मेलन गर्दै भाद्र ४, ५ र ६ गते भौतिक र भर्चुअल दुवै माध्यमबाट पश्चिम बगांल तामाङ बिकास बोर्डको अध्यक्ष सञ्जय मोक्तानको प्रमुख आतिथ्यतामा हुने भएको कार्यक्रमको संयोजक निष्णु थिङले जानकारी दिएका छन् ।
जङ्गवीर तामाङको नेतृत्वको टोलीले तत्कालीन राणा प्रधानमन्त्री भीम र शमशेरसमक्ष अाफुहरुलाई”तामाङ ” भनियोस् भनी माग- पत्र राखेको उक्त स्वीकार गरी प्रधानमन्त्री राणाले वि.स १९८९गते भाद्र ६ गतेका दिन तामाङ जातिले तामाङ लेख्न पाइने निर्णय गरेको थियोे ।
साथै प्रत्येक वर्षको भाद्रको ६ गतेलाई आफ्नो पहिचान दिवसको रूपमा मनाउँदै आएको छ । यसपालि ९० औँ पहिचान दिवस हो ।
पहिचान दिवसको उपलक्ष्यमा नेपालका तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय गरी तीन वटा संस्थाहरूको संयुक्त आयोजनामा उक्त महोत्सव गर्ने भएको छ।
महोत्सवमा १३ वटा कार्यपत्रहरू प्रस्तुत हुदैछ । ६ जना तामाङ समाजका ज्येष्ठ नागरिकहरूका स्मृति वाचन सत्र हुनेछ । त्यसै गरी, तीन वटा विषयहरूमा प्यानल अन्तरक्रिया छलफल पनि हुदैछ । तिनीहरूमा ‘सरकारी कामकाजमा तामाङ भाषा’ र ‘तामाङ लोकसाहित्यः एउटा विमर्श’ र ‘तामाङ मुक्ति आन्दोलनको अबको बाटो’ हुन् । कार्यपत्रहरूले तामाङ सीमान्तकरण, भाषा र मातृभाषामा शिक्षा, खगोलशास्त्र, सरकारी सेवा र संस्कृति, प्रविधिका क्षेत्रहरू समेटेका छन् ।
ज्ञान महोत्सवको कार्य तालिका यस्तो छन् ।
१.कुमारी लामा, उपप्राध्यापक त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा तामाङको पेन्टिङमा अनुहारविहीनहरुका अनुहारः पहिचानको दावी
२. राजु स्याङतान, नयाँ पत्रिका तामाङ जातिको मधेस बसाईं : सीमान्तदेखि सीमान्तसम्म
३. सन्जीला मोक्तान, मार्टिन चौतारी : संरचनागत बहिष्करण, तामाङ र मृगौला बेचविखन : ‘हिमला’ गाउँको कथा
४. अमन मोक्तान, दार्जिलिङ : एउटा सैद्धान्तिक खगोलशास्त्रीय अध्ययन
५. प्रताप बल, दार्जिलिङ भारतमा तामाङ भाषा र भारतमा तामाङ गुम्बाहरु
६. डा. लोक बहादुर लोप्चन, प्रमुख प्रशासकीय अधिकृत : मन्डनदेउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण
७. डा.बलकृष्ण बल, काठमाण्डौ विश्वविद्यालय सूचना प्रविधि विभाग प्रमुख
८. साङमो योन्जन, एमफिल जातीय विभेदको तामाङहरुका जीवनभोगाई
९. टेकराज स्याङतान, अध्यक्ष तामाङ कर्मचारी सञ्जाल : सरकारी सेवामा तामाङ जातिको वर्तमान चित्र
१०. पेमा मोक्तान, संस्थापक सदस्य तामाङ राष्ट्रिय पुस्तकालय
११. धनम तामाङ, तामाङ साहित्यकार : दीसाङ थामा ज्युङमा
१२. कुमार यात्रु, पत्रकार :
१३. सुदास तामाङ, प्राध्यापक उत्तर बगांल विश्वविद्यालय, सिलिगढी
१४. निरा लोप्चन, प्रमुख सल्लाहकार तामाङ संस्कृति तथा विकास बोर्ड, पश्चिम बगांल सरकार : तामाङ संस्कृति तथा विकास बोडको परिचय र गतिविधिहरु
१५. धन बहादुर तामाङ, पूर्व सचिव नेपाल सरकार राष्ट्रिय परिदृश्यमा तामाङ भाषाः ज्ञान, इतिहास, संस्कृति र समाज विकासको संवाहक र विशेषता
१६. प्रताप बल, दार्जिलिङ भारतमा तामाङ भाषा
उक्त महोत्सव तामाङ भवन बाैद्वमा हुने अायोजक समितिले जानकारी दिएका छन्।