मिलन दोङ तामाङ
विभिन्न कामको सिलसिलामा मलेसियामा पुगेको नेपालीहरुको सामाजिक संस्था नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको पाँचौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले विपिन राईलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पदम राज लिम्बु र जगात दोङ तामाङ, महिला उपाध्यक्षमा राधा मगर थारू, महासचिबमा बिक्रम वाइबा तामाङ, सचिवमा इश्वर राई र अर्पण मगर, कोषाध्यक्षमा बीरबहादुर सारू मगर, सह–कोषाध्यक्ष सम्झना तामाङ निर्वाचित भएका छन् ।
त्यसैगरी अधिवेशनले सदस्यहरुमा रामकुमार राई, यज्ञ राज राई, तेजकुमार लिम्बु, राम बहादुर मगर, योग लुङ्गेली मगर निर्वाचित भएका छन् । सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनले सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारहरूमा जीवन देवान गाउँले, सुन्दर आले, दिलकुमार केरूङ, ईन्द्रनारायण लिम्बु, दिपक तामाङ, आरएन चौधरी रहेका छन् ।
कार्यक्रम मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत मोतिश्रीस मगरको प्रमुख आतिथ्यता, नेपाल जनजाती महासंघ मलेसियाका अध्यक्ष विपिन राइको सभापतित्वमा, गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको विशेष आतिथ्यता र ब्यवसायी, पत्रकार, समाजसेवी लगायतका विभिन्न ब्यक्तित्वहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।