काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा मातृ भाषा शिक्षा (ताामाङ) सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम आइतबार सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमको सभाध्यक्ष तथा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ मातृभाषाको शिक्षा कार्यन्वयन गर्ने सवालमा उठेका सकारात्मक सुझावहरुलाई स्वीकार गर्दै यसलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने सम्बन्धमा रोशी गाउँपालिका विश्वस्त रहेको बताए।

पालिकाका उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वालाले) यस कार्यक्रमको निम्ति उत्प्रेरित गर्ने अमूल्य सल्लाह तथा सुझावहरु अभिब्यक्त गर्ने शिक्षक, प्रध्यानाध्यापक शिक्षा विद्, तथा सम्पूर्ण सरोकारवाला निकायहरुलाई धन्यवाद दिएका थिए । भाषा ,विकास, शैक्षिक गुणस्तर तथा प्रभावकारिताको निम्ति पालिकाले निभाउनुपर्ने भूमिका प्रति प्रतिबद्ध रहेको बताए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. मुक्त सिं तामाङले मानव सभ्यताको संरक्षण गर्न बहुभाषा, बहुसंस्कार र संस्कृतिको समान ढंगले अगाडि ल्याउदै सिर्जनशील र सु संस्कृत समाजको निर्माण गर्न सम्पूर्ण निकाय जागरुक हुनुपर्नेमा जोड दिए । भाषाविद डुप वाङ्गेल लामाले राज्यले दिएको अधिकारको सदुपयोग गरी शिक्षाको क्षेत्रमा गुणस्तरीयता थप गर्नको निम्ति अनुरोध गरेका छन् ।

कार्यक्रमको अवसरमा आफ्ना धारणाहरु व्यक्त गर्दे विद्यालय व्यवस्थापन समितिको महासचिव गुणराज मोक्तानले संविधानको कार्यन्वयनको चरणमा रोशी गाउँपालिकाले आफ्ना ए्ेन, नियम, कानुन तथा कार्यविधि स्पष्ट गर्न जरुरी रहेको बताए । मातृ भाषामा शिक्षा हो वा मातृभाषाको शिक्षा हो ? यो स्पष्ट हुन जरुरी रहेको बताए । कार्यन्वयन गर्ने चरणमा केही रणनीति, अभिभावकको सुझाव, तामाङ भाषा भित्रको विविधतालाई समेट्नको स्पष्ट रुपले समेट्नको निम्ति आग्रह गरे ।

त्यसैगरी मातृभाषा एवं शिक्षा विज्ञ डा.लोक बहादुर लोप्चनले भाषा बचाउनका निम्ति विद्यालयमा मातृभाषा तथा बहुभाषिक हुनुुपर्ने कुरामा जोड दिएका छन् । अन्तराष्टिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले आफु देशविदेशमा घुम्न जाँदा प्राय विद्यालयहरुमा बालबालिकाको भाषा अर्थात मातृभाषामा पढाइएको बताए । साथै प्राविधिक शिक्षा दिएको र त्यहाँको शिक्षा निति नै राम्रो भएको बताए । रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य, आवश्यकता र औचित्यबारे बताएका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुंङ संघको प्रतिक ङेसुर, मातृभाषा शिक्षाका अभियन्ता दर्पण व्लोन, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ, वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक लगायतको उपस्थिति थियो
।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















