मिलन दोङ तामाङ
प्रवासी नेपाली समन्वय समितिको आयोजनामा नाक, कान र घाँटी सम्बन्धि विभिन्न प्रकारका समस्याहरुको रोकथाम र नियन्त्रणका विषयमा सचेतना मुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले प्रवासमा काम गर्दै आईरहेको श्रमिक हरुलाई मध्यनजर गर्दै निरन्तर रुपमा स्वास्थ्य जनचेतनामुलक ‘प्रवासीसँग डक्टर’ कार्यक्रम सन्चालन गर्दै आएको छ र यस अन्तर्गत रहेर यो आठौं श्रृंखला हो ।

यहि अगष्ट २६ तारिख शुक्रबार भर्चुअलको माध्यबाट आयोजना हुन लागेको कार्यक्रममा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भक्तपुरमा कार्यरत नाक, घाँटी तथा कान रोग विशेषज्ञ डाक्टर सुभाष देवकोटाले विदेशीमा रहेका नेपाली श्रमीकहरुलाई नाक, कान र घाँटी रोग सम्बन्धी परामर्श दिने आयोजकले बताए ।

यस कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी २८९७४१४०६३ मा र पासवर्ड उलअअ प्रयोग गर्नुपर्ने पिएनसीसीले आफ्नो आधिकारिक पेज मार्फत सुचना जारी गरेको छ ।

कार्यक्रम नेपाली समय अनुसार बेलुका ७ः३० बजे, मलेसियाको समय बेलुका ९ः५४, कतार, साउदी, कुवेत बहराइनको समय अनुसार ४ः४५० र युएई र ओमान को समय अनुसार ५ः४५ बाट सन्चालन हुने छ ।

Comments

comments