तम्बा सङ्घ नेपालको दसौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले धावावाङ्गेल मोक्तान अध्यक्षमा पुन निर्वाचित भएका छन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वीरबहादुर घिसिङ र सत्तलसिंह योन्जन, उपाध्यक्षमा कृतधावा घिसिङ र कुमारी योन्जन, महासचिवमा खोजराज गोले‚ सचिवमा महावीर लामा‚ सहसचिव बलबहादुर घिसिङ‚ कोषाध्यक्षमा मिङ्मार मोक्तान र सह–कोषाध्यक्षमा सोमबहादुर मोक्तान निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा विष्णुकुमारी मोक्तान‚ डोल्मा लामा‚ पेमा मोक्तान‚ दोर्जे मोक्तान‚ कुमार मोक्तान‚ भीमबहादुर थिङ‚ इमान वाइबा‚ सुनिल मोक्तान‚ मङ्गलसिंह मोक्तान, अमृतबाबु मोक्तान‚ पन्चबहादुर ग्यावक‚ कमलकृष्ण घिसिङ‚ पेमाकुमारी तामाङ‚ दिलबहादुर वाइबा र मनकुमारी पाख्रिन निर्वाचित भएका छन् ।

कार्यक्रममा पूर्व राजदूत डा गणेश योन्जन‚ राजनीतिक विश्लेषक बुद्वछिरिङ मोक्तान‚ गायक चन्द्रकुमार मोक्तान‚ लेखक प्रताप बल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

संघको ओखलढुङ्गा‚ रामेछाप‚ दोलखा‚ धनकुटा‚ सुनसरी‚ सिन्धुपाल्चोक‚ मकवानपुर लगायत जिल्ला शाखा छन् भने सोही जिल्लाका गाउँपालिकाहरु पनि तम्बाखोर संस्था गठन गरिसकेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।