तामाङ प्रेमगीत“मायाला छो” गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।
यस गीतले अाफुले प्रेम गरेको मायालाई निकै वर्णन गरेको पाईन्छ ।मायामा जस्तोसुकै जे भएपनि तिमीलाई भुल्न सक्दैन भनेको सन्देश दिन खोजिएको छ।
युवा गायक सन्तोष गोलेको शब्द, संगीत रहेको “मायाला छो”मा गायकद्वय सन्तोष गोले र गायिका सृजना स्याङतानको आवाज रहेका छन् । यस गीतमा युवा मोडल सञ्जिव गोले र रश्मिला लामाले अभिनय गरेका छन् ।
गायक सन्तोष गोलेले टिकटक हेरेर, रानी, मनजुरी, म्हेमेसे पाङवा तामाङ, आप्पाको डर, न मैच्याङ, मान्छे त छैन गोरो म लगाएत दर्जन भन्दा गीतहरुमा आवाज भरिसकेका छन् ।
निर्देशक तथा कोरियोग्राफर सुर्य लामा दोेङले निर्देशन गरेको यस म्युजिक भिडियोलाई छायांकन बज्र ङेसुरले गरेका छन् । ड्रोनमा बज्र ङेसुर र सुराज गोम्जाले भुमिका निर्वाह गरेको छ भने कलर तथा सम्पादन पनि बज्र ङेसुरकै रहेको छ ।
यस म्युजिक भिडियो साइरा मिडिया प्रोडक्सन युटुब च्यानलबाट बजारमा सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























