काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा रहेको पाँचखाल युनाइटेड फुटबल एशोसिएसनको आयोजनामा तेस्रो पाँचखाल महोत्सव–२०७९ हुने भएको छ । पाँचखालमा आयोजकले मंगलबार (आज) एक पत्रकार सम्मेलन गर्दै महोत्सवकोबारेमा जानकारी दिएको हो ।
महोत्सव २०७९ असोज ३ गते देखि २०७९ असोज १६ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दियो ।
पत्रकार सम्मेलनमा तेस्रो पाँचखाल महोत्सव–२०७९ का संयोजक गणेश प्रसाद काफ्लेले महोत्सव सफल बनाउन सबै पक्षसँग आव्हान गरिएको छ । ‘यस तेस्रो पाँचखाल महोत्सव २०७९ सफल पार्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै महोत्सव अवलोकन गरिदिनुहुन सबैमा अनुरोध गर्दछौं ।’ संयोजक काफ्लेद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘पुफाले आयोजना गर्न लागेको यस महोत्सवमा सम्पूर्ण राजनैतिक दल, पत्रकार मित्रहरु, सुरक्षाकर्मी साथीहरु, विभिन्न सम्बन्धित निकायहरु, उद्योगी व्यवसायी साथीहरु, नगरबासी, बुद्धिजीवि, नागरिक समाज लगायत विभिन्न संघ संस्थाको साथ र सहयोग अपरिहार्य रहेको समेत जानकारी गराउँदछौं ।’
महोत्सवमा विभिन्न सामाग्रीका स्टलहरु, स्थानीय साँस्कृति झल्कने प्रदर्शनी, विभिन्न मनोरञ्जनात्मक कार्यहरुको साथमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताए ।
यस्तो छ विज्ञप्तिः
प्रेस विज्ञप्ति
प्रस्तुत विषयमा पाँचखाल युनाइटेड फुटबल एसोसियन (पुफा) ले स्थापना काल देखि नै खेलकुद क्षेत्रको विकासमा यागदान पु¥याउदै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । संस्थाको स्थापना पश्चात खेलकुदका गतिविधि बाहेक सामाजिक कार्य, साँस्कृतिक कार्यक्रम एवम् मेला तथा महोत्सवहरु आयोजना गरी सफलताका साथ सम्पन्न गरेको यहाँहरुलाई अवगत नै छ ।
विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसबाट सिर्जित विषम परिस्थितिका कारण २०७६ पश्चात् यस संस्थाले पाँचखाल महोत्सवलाई निरन्तरता दिन सकेको थिएन । साँस्कृतिक कार्यक्रम नगरेता पनि स्वास्थ्य मापदण्ड पुरा गरी मेयर कप फटबल प्रतियोगिता–२०७८ सम्पन्न गर्न सफल भएका थियौं । हाल आएर जनजीवन सामान्य अवस्थामा आइसकेको र अझै पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई मध्यनजर गर्दै तेस्रो पाँचखाल महोत्सव–२०७९ सञ्चालन हुन गईरहेको व्यहोरा यहाँहरु माझ जानकारी गराउन चाहन्छ । घरासायी भएका निजी क्षेत्रको व्यापार कषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि २०७९ असोज १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवधि भर विगतको झै यहाँहरुको अमुल्य साथ सहयोग पाउने कुरामा विश्वस्त छौं ।
पुफाले आयोजना गर्न लागेको यस महोत्सवमा सम्पूर्ण राजनैतिक दल, पत्रकार मित्रहरु, सुरक्षाकर्मी साथीहरु, विभिन्न सम्बन्धित निकायहरु, उद्योगी व्यवसायी साथीहरु, नगरबासी, बुद्धिजीवि, नागरिक समाज लगायत विभिन्न संघ संस्थाको साथ र सहयोग अपरिहार्य रहेको समेत जानकारी गराउँदछौं ।
यसै पत्रकार सम्मेलन मार्फत हाम्रो यस पुफाका अध्यक्ष श्री मिलन श्रेष्ठ ज्यूले अध्यक्ष पदमा रहि १४ वर्षे कार्यकालमा यस संस्थालाई आजको दिन सम्म ल्याई पु¥याउन अतुलनिय भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो सृजनशिलता, कलाकौशल एवम् उर्जावान समय यस संस्थाको हितमा व्यतित गरी दिनरात नभनी लाग्नु भएको छ । तेस्रो पाँचचखाल महोत्सव २०७९ उहाँको कार्यकालको अन्तिम कार्यक्रम रहेको यहाँले हामीलाई जानकारी गराउनु भयो । उहाँको कार्य व्यस्ताको कारण अध्यक्ष पदबाट अबकास लिई नयाँ कार्य समितिलाई संस्था हस्तान्तरण गर्दै महोत्सव समापनको दिनमा संस्थाबाट बिदा लिने समेत जानकारी गराउँदाछ । उहाँले कार्यकाल पछिका दिन पनि संस्थालाई साथ सहयोग र माया सदैव गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।
अन्त्यमा यस तेस्रो पाँचखाल महोत्सव २०७९ सफल पार्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै महोत्सव अवलोकन गरिदिनुहुन सबैमा अनुरोध गर्दछौं ।
गणेश प्रसाद काफ्ले
संयोजक
तेस्रो पाँचखाल महोत्सव–२०७९
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।