dav

भक्तपुर  ।असोज १ शनिबार गते तामाङ चलचित्र “काख्रे” (गँगटो)बाराही हलमा दिउँसो २ बजे विशेष प्रदर्शन हुने भएको छ।

मंगलबार तामाङ चलचित्र बागमती प्रदेशको अध्यक्ष अासमान वाइवाको प्रमुख आतिथ्यतामा सेकुवा जक्शन भक्तपुरमा पत्रकार सम्मेलन गरि उक्त चलचित्र प्रदर्शन गर्ने तयारीमा जुटिरहेको निर्माण पक्षले जानकारी दिएको हो।

‘काख्रे’ (गँगटो) असार १८ गते राष्ट्रिय नाचगर काठमाडौंमा च्यारिटी शो भएको थियोे। तर उक्त शो को दिन निर्माण पक्षको अनुसार थोरै प्राविधिक समस्याका कारण चलचित्र पूरा शो देखाउन नसकेको भन्दै अब १ गतेका देखाउनका लागि हामीले प्राविधिक समस्या दोहोरिन नदिने साथै सम्पुर्ण तयारी पूरा भएको नायक तथा कथाकार ऋतुराज पाख्रिनले जानकारी दिएको छ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण भएको चलचित्र “काख्रे”लाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।

चलचित्रमा गाउँबाट सहर पसेका तामाङ युवाहरूको कथामा आधारित रहेको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौँ छिरेको युवाहरूको जीवनयापन र सघंर्षलाई यस चलचित्रमा देखाउन खोजिएको  छ । चलचित्रहरू समयको मागअनुसार नयाँपन ल्याउनेमा काख्रेले पनि ल्याएको हो । यसमा नयाँपनसँगै चलचित्रमा बिम्बात्मक पात्र बनाएर सांस्कृतिक र समसामयिक विषयवस्तु उठान गरेको निर्माता प्रवल थिङले बताएको छ।

उक्त तामाङ चलचित्र “काख्रे”कतारमा प्रदर्शन भएर फेरि
सेप्टेम्बर ११ (भदौ २६) गते मलेसियामा प्रदर्शन हुने भएको छ ।भने काठमाडौंको विभिन्न हल र काभ्रेको बनेपा,मकवानपुरको हेटौंडामा देखाउन तयारी पनि रहेको पत्रकार सम्मेलनमा निर्माण पक्षले बताएको छ।

पत्रकार सम्मेलनमा काख्रेका निर्माता प्रबल थिङ,नायक ऋतुराज पाख्रिन र राष्ट्रिय खेलाडी सागर घिसिङ, लगायत पत्रकार तथा कलाकारहरुको उपस्थिति रहेको थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।