भक्तपुर  । नेपाल तामाङ चलचित्र संघले भदौ १६ गते २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा वृहत् साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ।

कार्यक्रम नेपाल चलचित्र विकास बोर्ड हल चाबहिलमा बिहान १० बजेबाट शुरु हुने भएको छ ।

तामाङ चलचित्र संघले २७ औं चलचित्र प्रदर्शनको अवसरमा तामाङ चलचित्र क्षेत्र र तामाङ समुदायमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १४ विधामा टिएफआर सम्मान पत्रबाट गर्ने भएको छ।

संघले २०५२ सालमा पहिलो पटक निर्माण भएको स्वर्गीय जयनन्द लामाको चलचित्र ‘सेमरी छोरङान’प्रदर्शन भएको थिए ।

विश्वभर फैलिएको महामारी कोभिडका कारण २ वर्षदेखि निरन्तर नभएको बताउँदै यस वर्षदेखि निरन्तरता दिने अायोजकले बताए ।

हाम्रो चलचित्र माैलिक चलचित्र,राष्ट्र निर्माणमा तामाङ चलचित्र भन्ने मुल नाराकासाथ हुन लागिएको कार्यक्रममा तामाङ चलचित्र संघको चर्चित नायक तथा नायिकाहरुले विशेष प्रस्तुति दिने संघका अध्यक्ष कुमार मोक्तानले तेमाल अनलाइनलाई जानकारी दिनु भएको छ।

तामाङ चलचित्र दिवस यहाँसम्म अाउनुमा तामाङ चलचित्र क्षेत्रमा लागेका अग्रज चलचित्रकर्मीहरुको योगदानबाट नै २७ औं चलचित्र संस्कार दिवस मनाउन गइरहेको बताउँछन् तामाङ चलचित्रकर्मीहरु।

२०५३ साल भाद्र १६ गते रसियन कल्चरमा च्यारीटी शोलाई तामाङ चलचित्र संघले प्रदर्शन दिवसको रुपमा मनाउदै आईरहेको छ।भने उक्त कार्यक्रममा तमाम चलचित्रप्रेमीहरुलाई उपस्थिति लागि नेपाल तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष तथा प्रचारप्रसार संयोजक अासमान वाइवाले अनुरोध गरेको छ।

दिवसको प्रचारप्रसार समितिमा तामाङ चलचित्र संघ बागमती प्रदेशले गरेका छन् भने सहआयोजक ताम्सालिङ टिभी रहेका छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।