काभ्रे जिल्लाको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)सडक मर्मतको लागि श्रमदान गर्न जनतासँगै सडकमा पुगेका छन् । खोपासी–ताल्ढुंगा सडक खण्ड अन्तर्गत पर्ने दाहालडाँडास्थित सडकको स्तरोन्नतिका लागि अध्यक्ष छिन्ताङ जनतासँगै श्रमदानमा जुटेका हुन् ।

जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने गरेको भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला छिन्ताङ भने आफै अगुवा बनेर श्रमदानमा जुटेका छन् ।

अकस्मात् गाउँपालिका अध्यक्ष छिन्ताङ श्रमदान गर्न दाहालडाँडा पुग्दा स्थानीय तथा निर्माण कार्यमा खटिरहेका कामदरसमेत चकित बनेका थिए ।

कार्यालयको व्यस्तताको बाबजुत अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि कमै मात्रमा देखिने गर्छन् । अध्यक्ष छिन्ताङ स्थानीय तथा कामदारसँगै साबेल बोकेर सडक स्तरउन्तीको काम गरिरहेको देखिन्थे । अध्यक्ष छिन्ताङसँगै माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बा र सचिव राजन अधिकारी आफैं अगुवा बनेर जनश्रमदानमा खटिइएका थिए ।

राजनीतिक बृतमा समेत लोकप्रिय मानिने विकासप्रेमी नेताको रुपमा परिचित छिन्ताङ समृद्ध खानीखोलाको लागि योजनाको चाङ बोकेर विभिन्न कार्यालयमा पुगिरहेका छन् ।

गाउँपालिका अध्यक्ष बनेको एक सय दिन कटाउँदै गर्दा भौगोलिक विकट छदै छ, वर्षा यामको प्रतिकुल मौसमको बाबजुत पनि गाउँपालिकाको अधिकांश भुभागमा विकास निर्माण कार्य भइरहेको छ । जनतालाई साथमा लिएर गरेको कामले निर्माण कार्यमा सफलता पाईरहेको उनको दाबी छ । त्यस्तै नेता अधिकारीले मनैदेखी लागि पर्दा कुुनैपनि विकास निर्माण कार्य असम्भव नहुुने बताए ।

खोपासी–ताल्ढुंगा सडक खण्ड अन्तर्गत दाहालडाँडादेखी स्याउरीथली खण्डमा डलान तथा सोलिङको काममा गाउँपालिका अध्यक्ष छिन्ताङ नै जनश्रमदान गर्न पुगेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् । साथै उनीहरुले साँच्चै खानीखोलाले विकासप्रेमी नेतृत्व भएको आभास भएको समेत बताए ।

अहिले करिब खोपासी–तालढुंगा सडकको दाहालडाँडादेपख स्याउरीथली खण्डमा गाउँपालिकाले विनियोजन गरेको ३० लाख बजेटले ढलान तथा सोलिङ कार्य भइरहेको छ ।

गाउँपालिकाले एक सुचनासमेत निकालेर उक्त सडक खण्डमा निमार्ण कार्य भइरहेकाले २०७९ असोज ४ गतेसमका लागि सडक बन्द रहने जनाइएको छ ।

Comments

comments