काठमाडौं । नेपाल तामाङ चलचित्र संघले २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस तथा सम्मान कार्यक्रम
सम्पन्न भएको छ।बिहीबार बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुुुुमारी  मोक्तान प्रमुख आतिथ्यतामा नेपाल चलचित्र विकास बोर्ड हल चाबहिलमा भएको हो।तामाङ चलचित्र संघले २७ औं चलचित्र प्रदर्शनको अवसरमा तामाङ चलचित्र क्षेत्र र तामाङ समुदायमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १७ विधामा टिएफआर सम्मान गरेका थिए।

नयाँलाई प्रोत्साहन दिदै गर्दा जसरी तामाङ चलचित्रक‍ो इतिहास कर्ता स्वर्गीय जयनन्द लामाप्रति तामाङ चलचित्र दिवसमा १ सेकेन्ड श्रद्वासुमन (मौनधारण) गर्न समेत कन्जुस्याइँ गरेको भन्दै चलचित्रप्रेमीहरुले विभिन्न समाजिक सञ्जालबाट टीकाटिप्पणी गरेका छन् ।

जसको योगदानले २७ औं तामाङ चलचित्र दिवस मनाइरहेको छ । हामीले गर्व गर्नु पर्ने कुरामा स्व:जयनन्द लामालाई तामाङ चलचित्र संघले नि बिर्सिन्छन् भने यो तामाङ चलचित्र इतिहासमा ठुलो भूल हो भनेर कार्यक्रममा आउने दर्शकहरुले प्रतिक्रिया दिएका थिए।

संघका अध्यक्ष कुमार मोक्तानले भन्नुभयो हामीले वरिष्ठ कलाकार जयनन्द लामालाई कहिले नि भुल्न सक्दैन। भुल्न मिल्दैन।तामाङ चलचित्र क्षेत्रमा उहाँले गरेको योगदानको सधैं सम्मान छ।उहाँप्रति हाम्रो संघले सधैं श्रद्वासुमन छ भनेर प्रतिक्रिया दिएको छ।

हाम्रो चलचित्र माैलिक चलचित्र,राष्ट्र निर्माणमा तामाङ चलचित्र भन्ने मुल नाराकासाथ मनाएको दिवसबाट तामाङ समुदायमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने १६ विधामा सम्मान गरेका छन् ।

पहिलो तामाङ चलचित्रका अभिनेता रोज मोक्तानलाई रजत पत्रबाट सम्मानित गरेको हो भने टिएफआर सम्मान पत्रबाट ऋतुराज पाख्रिन, कथाकार,भगवती मोक्तान , निर्मात्री,कुमार स्याङबा, गीतकार ,जोगलाल लामा, संगीतकार जितु लोप्चन, गायिका,टुल्साङ मोक्तान, नायक,निशा तामाङ, नायिका माया देवी मोक्तान, चरित्र अभिनेत्री ,अजय स्याङतान, निर्देशक,सुनिल कुमार मोक्तान, नृत्य निर्देशक,विक्रम मोक्तान, छायांकन,बिना लामा, श्रिङ्गारकर्ता,राजु किराँत, द्वन्द्व निर्देशक,दिपक तामाङ, सम्पादक,जगतमान तामाङ,सञ्चारकर्मी ,राजकुमार तामाङ, चरित्र अभिनेतामा सम्मानित गरेको थिए। भने नायक हुत्त बहादुर तामाङलाई नायक तथा निर्देशन विधाबाट प्रोत्साहन पत्रबाट सम्मान गरेको हो।
उक्त कार्यक्रमबाट विभिन्न क्षेत्रबाट योगदान पुर्याएका कलाकार समाजसेवीहरुलाई प्रशंसा पत्रबाट पनि सम्मान गरेका थिए।

तामाङ चलचित्र २०५२ सालमा तामाङ चलचित्र इतिहासकै पहिलो पटक निर्माण भएको स्वर्गीय जयनन्द लामाको चलचित्र ‘सेमरी छोरङान’प्रदर्शन भएको
दिनलाई चलचित्र संघले ऐतिहासिक प्रदर्शन दिवसको रुपमा मनाउँदै आएका छन् ।

कार्यक्रममा विशेष अतिथिमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बल,वरिष्ठ वरिष्ठ गायक चन्द्रकुमार दोङ, तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तिर्थमान वल, बागमती प्रदेशको अध्यक्ष आसमान वाईवा, तामाङ डजाङको अध्यक्ष फुल कुमार बम्जन लगायतका विभिन्न संघ, संस्थाहरु प्रतिनिधिहरुको उपस्थित रहेका थिए।

कार्यक्रम तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको संयोजकत्वमा सम्पन्नता भएको कार्यक्रम संघकी महासचिव सुनिता लुङबाले सञ्चालन गरेका थिए।

Comments

comments