काठमाडौ । जिम्ब फिल्मस् प्रोडक्सनको ११ औं प्रस्तुति तामाङ भाषाको चलचित्र “हाल्छे सोजि चु माया” भाद्र २५ गते शनिबार नेपाल चलचित्र विकास बोर्डमा विशेष प्रदर्शन हुने भएको छ।

शनिबार तामाङ चलचित्रको महानायक अमिर दोङको प्रमुख आतिथ्यतामा गाउँले ढिंडो खाना घर बाैद्व पिपलबोटमा पत्रकार सम्मेलन गरि उक्त चलचित्र प्रदर्शनीमा आउने चलचित्र निर्देशक निमा लामा तामाङले जानकारी दिएको हो।

dav

मुख्य निर्माता पेमा योन्जन र सह- निर्माता मीन कुमार वाइबाले निर्माण गरेको उक्त चलचित्रको निर्देशन तथा पटकथा निर्देशक निमा लामा तामाङले गरेका छन् भने नायक कृष्ण लामा, नायिका अबिना गोले, नव नायक/नायिका अजेश लामा, निर्मला मोक्तानले मुख्य भुमिका निर्वाह गरेका छन् ।चलचित्रमा सुनलाल वाइबा, केबी मोक्तान , पेमा योन्जन लगायत दर्जनौं कलाकारहरुको अनिनय रहेको छ

यस चलचित्र माया, ममता र स्नेह संग सम्बन्धित चलचित्र हो। तर पनि चलचित्रमा एक्सन र मनोरञ्जनात्मक दृश्यहरुबाट अनन्द लिन सक्ने बताएको छ।
चलचित्रमा ४ ओटा गीत समाबेश गरिएको छ। शब्द निर्देशकद्वय निमा लामा र राज तामाङको रहेको छ भने संगीत निर्देशक निमा लामा तामाङ, सानू बाबु घिसिङको रहेको छ भने गीतमा लोकप्रिय गायक विशाल काल्तन, जितु लोप्चन, सुमिना  लो, सबिन मोक्तान,अन्जु थोकर लगायतले स्वर दिइएका छन् ।

हाल्छे सोजि चु माया, रमनिय ठाउँ जोमसोम,मुस्ताङ लगायतका विभिन्न स्थलहरुमा छायांकन गरेकोे छ आसपासमा छायांकन गरिएको पनि जानकारी गर्नुभएको छ।

यस चलचित्र असोज १ गते बनेपा र हेटौंडामा एकैसाथ प्रदर्शन हुने पत्रकार सम्मेलन मार्फत निर्माण पक्षले जानकारी दिए।

उक्त पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघको सचिव तथा नायक ऋतुराज पाख्रिन संघका केन्द्रीय सदस्य तथा नायक विनायक लोप्चन, निर्माता प्रवल थिङ लगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।