भक्तपुर ।नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा कतारको दोहमा तामाङ चलचित्र काख्रे प्रदर्शनीबाट उठेको तीनलाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाईवाको प्रमुख आतिथ्यतामा नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृतिक विभागको प्रमुख, संयोजक कुमार ओख्रेली र सह-संयोजक गणेश रुम्बाद्वारा निर्माता प्रवल थिङ र नायक ऋतुराज पाख्रिनलाई राजधानीमा पत्रकार भेटघाट गरि हस्तान्तरण गरिएको ह‍ो।

उक्त चलचित्रको मुख्य निर्माता प्रबल थिङले गरेको थियो भने सह निर्मातामा शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेको थिए।

उक्त चलचित्र कतारको दोहमा यही २०२२ जुलाई २९ शनिबार प्रदर्शन भएको तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण ” भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको संस्था नेपाल प्रवासी तामाङ समाज कतार संस्कृतिक तथा कलाकार विभाग द्वारा तामाङ भाषाको चलचित्र काख्रेको विशेष प्रदर्शन गरिएको थिए।

उक्त कतारमा विशेष प्रदर्शन भएको अार्थिक निर्मातालाई वितरण गरेको बेला तामाङ समुदायको पहिलो र्यापार उतर लामा(संगुल) पनि उपस्थिति रहेको थियोे ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण भएको चलचित्र “काख्रे”लाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको चलचित्रले गाउँबाट सहर पसेका गाउँले तामाङ युवाहरूको कथामा आधारित रहेको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौँ छिरेको युवाहरूको जीवनयापन र सघंर्षलाई यस चलचित्रमा देखाउन खोजिएको  छ ।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।
तामाङ चलचित्र काख्रे नेपाल तामाङ घेदुङ मलेसियाको आयोजनामा सेप्टेम्बर ११ मा प्रदर्शन गर्ने तयारी भइरहेको घेदुङको अध्यक्ष जगत दोङ तामाङले जानकारी दिएको छ।

Comments

comments