भक्तपुर ।गीतकार ज्ञानदास लामाको नेपाली प्रेमगीत “फकाउदानी रिसाउने” मुस्ताङको विभिन्न स्थलमा सुटिङ सम्पन्न भएको छ।
गीतकार ज्ञानदास तामाङको शब्दमा वरिष्ठ गायक चन्द्रकुमार दोङको संगीत रहेको छ भने गायक नेपाली गीतमा छुट्टै पहिचान बनाउन चर्चित युवा सुरेस लामा र गायिका दिपा लामाको सुमधुर अावाज रहेका छन् ।
गीतमा युवा मोडल लाक्पा लामा र एलिना रायमाझीले गीतमा मुख्य अभिनयको भुमिका निर्वाह गरेको छ।भने मोडल लाक्पा लामाले, तामाङ सेलो, डान्सिङ गीत र दुई दर्जनौं भन्दा बढी चर्चित गीतहरुको म्युजिक भिडियोमा मुख्य अभिनय गरिसकेको छ।
गीतको ध्वनि सम्पादन वरिष्ठ एरेञ्ज चाँद सिको रहेको छ। भने चर्चित निर्देशक अजय स्याङतानले निर्देशन गरेको भिडियो विक्रम मोक्तानले छायांकन गरिएको छ।भिडियोमा ड्रोन दृश्य छायांकन विशाल सापकोटाले छायांकन रहेको छ।
यस म्युजिक भिडियोमा जोमसोमको रमणीय दृश्यहरु अवलोकन गर्न सकिनेछ। भन्ने गीत छिट्टै बजारमा ल्याउने तयारी गरिरहेको भिडियो निर्माण पक्षले तेमाल अनलाइनलाई जानकारी दिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


























