भक्तपुर । युवा गायक तथा संगीतकार कविन्द्र मोक्तानको “तिम्रो साथ मेरो हात”बोलको गीत बजारमा सार्वजनिक भएको छ।
गीतको केही हरफ
तिम्रो साथ, मेरो हात
कहिले नछुटोस् है माया
संगै देखेका सपना
कहिले नभुलोस् है माया ।भन्ने मायासंग सम्बन्धित निकै मार्मिक शब्द रहेको छ।
माया गर्ने जोडीहरुको लागि आफ्नो मायालुलाई जिन्दगीको अन्तिम प्रणसम्म पनि यो साथ, यो हात, यो माया, यो विश्वास र भरोसा कहिले पनि नटुटोस् भनेर बाचा गरेको सन्देश मुलुक रहेको छ।
गायक स्वयम् कै शब्द संगीतमा तयार पारिएको नेपाली गीतमा गायक तथा संगीतकार कविन्द्र मोक्तान र गायिका अस्मिता अधिकारी सुमधुर आवाज रहेका छन्
गायक कविन्द्र मोक्तानको निकै मार्मिक भुल्नलाई गाह्रो भो, सुखको दिन, ए चेक्खेन, महल नहोला, भेदभाव, नबोलदिँदा एकैछिन, दुःखको भारी जस्ता दर्जन गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन् ।
यस गीतलाई गायक कविन्द्र मोक्तानको युट्युव च्यानलबाट सार्वजनिक भएको छ।
गीत यस्तो छ।हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























