काठमाडौ । युवा व्यवसायी समाजसेवी पेमाला गियर प्रा: लिको निर्देशक प्रेम लामाको विशेष पहलमा पुर्व राष्ट्र सेवक सैनिक नानीराम भण्डारीलाई कृतिम खुट्टा हस्तान्तरण गरिएको छ।

सुनकोसी गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकको भण्डारी नेपाली सेनामा कार्यरत थिए ।तर द्वन्द्वकालको
संकटकाल पश्चात भण्डारीलाई सेनाले कार्वाही गरेर जागिर अवकाश लिएको स्रोतले बताएको छ।

करिब १४ वर्षसम्म देश र राष्ट्रिका लागि निरन्तर नेपाली सेनामा खटिएको भण्डारीले नेपाली सेनाको जागिर अवकाश पछि अचानक एकाएक प्रेशरले ढालेर दॉंया खुट्टा गुमाएको छ।

नेपाली सेनाको जागिर छोडेपछि काठमाडौंमा ज्याला मजदुर गरि पाँच जना परिवार पाल्दै आइरहेको थिए।तरएकाएक दाहिने खुट्टा गुमाएपछी दैनिकी चलाउन निकै
गार्‍हो भएको भण्डारीलाई महान सहयोगी मनको धनी समाजसेवी प्रेम लामा,सिटु समिट ट्रेकिङ प्रा.लिको प्रोपाइटार कर्म लामाले रु २५ हजार समाजसेवी लोक बहादुर भण्डारी (केसव )ले १०००० (दस हजार ) सहयोग गरि रु १ एक लाख पाचिस हजारको कृतिम खुट्टा वितरण गरेका छन् ।

२ वर्ष देखि थलामा बसेको भण्डारीले म हिड्न पाउदा आफुले छुट्टै संसार देख्न पाउँदा निकै खुसी भएको बताउदै सहयोगी दाताहरुलाई भण्डारीले विशेष धन्यवाद व्यक्त गरे।

समाजसेवी प्रेम लामाले भन्नू भयो समाजमा जो कोही पीडितहरुलाई आफुले सकेको साथ दिदै आएको छु मैले सक्ने सम्मको निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Comments

comments