भक्तपुर ।युवा व्यवसायी तथा गीतकार ज्ञानदास तामाङको शब्द,संगीतमा रहेको ब्ला”आत्मा”बोलका गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

काभ्रे तेमाल वडा नं ९ चोपटारमा जन्मिएको युवा गायक सानै उमेरदेखि गीत संगीत क्षेत्रमा निकै रुचि राखेको एक गायक हो। यस गीतमा युवा गायक पेमा लामा र गायिका पुजा तामाङको सुमधुर अावाज रहेको छ भने गीतमा व्यस्त युवा मोडल लाक्पा लामा र नव मोडल मन्दिरा ब्लोन र गीतकार ज्ञानदास तामाङले मुख्य भुमिका निर्वाह गरेका छन् ।

युवा मोडल लाक्पा लामाले लामाको अक्षर, वाला वाला लि स्याल, ज्याबाडान्बा फूल्जी, बेङग्यारी ह्योङसी,गादे गादे र क्राना लासी भने चर्चित गीतहरुमा अभिनय गरिसकेका छन् । हाल लामा मोड्लिङ क्षेत्रमा निकै व्यस्त मोडलको रुपमा चिनिन्छ।

युवा गायक पेमा लामा गीत सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेको गायक हुन् । गायकको अावाजमा ल्होछार खाजी, चु ह्युल ह्योङची संगुलसे, देन्बा माया, सिम्बु जात्रा र सैलुङ ल्हा ल्हा भन्ने गीतहरु बजार आएका छन् ।

गीतको एरेञ्ज चाँद सिको रहेको छ। भने युवा निर्देशक प्रतीक ङ्यसुरले निर्देशन गरेको हो भने भिडियो विवेक लामा मोक्तानले छायांकन गरिएको छ। भने यस म्युजिक भिडियोको कलर र इडिट विवेक लामाको रहेको छ।

यस म्युजिक भिडियोमा काभ्रे, सिन्धुली, सुनकोशी र रोशीखोलाको रमणीय दृश्यहरु अवलोकन गर्न सकिनेछ।

गीतकार ज्ञानदास तामाङको रचनामा निकै चर्चित गीतहरु, व्हाम्सी एदा,छुम्सी थान्वा, माया सेम, ताङबा ङाला सेम,सेम ह्रो र म्हार डुङरी भन्ने बोलको गीतका म्युजिकहरु बजारमा आइसकेका छन् ।
यस म्युजिक भिडियो ह्याङला टिभीको च्यानलबाट सार्वजनिक भएको हो।

भिडियो हेर्नुस्

Comments

comments