जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपक गौतमले आफूहरुले शिक्षाको रुपान्तरण काभ्रेबाट शुरुवात गर्न चाहेको बताएका छन् । आज (शुक्रबार) सम्पन्न ‘काभ्रेपलाञ्चोक जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशासम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रमुख गौतमले उक्त कुरा बताएका हुन् ।

जिल्ला समन्वय समिति, काभ्रेको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख गौतमले सामुदायिक विद्यालय र निजी विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान नदिएको गुनासो गरेका थिए । सामुदायिक विद्यालयका शिक्षकहरुले गुणस्तरी शिक्षा दिन नसक्नुमा भौतिक संरचना नभएर भन्दै आएकोमा ०७२ सालको महा भुकम्प पछि ठूला–ठूला भवनहरु निर्माण भएपनि शिक्षा जस्ताको तस्तै रहेकोमा दुःख व्यक्त गरे ।

‘सरकारी स्कुलका सरहरुसँग मेरो गुनासो छ, २०७२ साल अघि सरहरुले सरकारी स्कुलको गुणस्तर किन भएन भन्दाखेरी भौतिक संरचना भएन, जसको कारण गुणस्तरीय शिक्षा दिन सकेनौं भन्थे ।’ उनले भने, ‘आज सबैभन्दा राम्रो स्कुलका विल्डिङहरु बनेका छन्, तर आज किन भएन शिक्षामा गुणस्तर ? सोच्ने कि नसोच्ने ?’

नीजि क्षेत्रले राम्रो शिक्षा दिएको दावी गरेपनि काभ्रेबाट बसका बस विद्यार्थी उपत्यकामा किन पढ्न गएको हो भनि प्रमुख गौतमले प्रश्न गनेरका थिए । ‘नीजि क्षेत्रले राम्रो शिक्षा दिएको भन्नुहुन्छ, तर काभ्रेका विद्यार्थीहरु किन उपत्यकामा पढ्न जान्छन् ?’ गौतमले भने, ‘साँगामा विहान साँढे ९ बजे गएर हेरियो भने गाडिका गाडी विद्यार्थीहरु उपत्यका छिरेका देख्छौं ?

विकास भनेको भौतिक संरचना देख्यौं, तर शिक्षालाई नदेखेको भन्दै उनले दुखेसो पोखे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।