काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा रहेको श्री कल्याणकारी वहुउद्देशिय सहकारी सस्था लि.को पन्धौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको हो ।

साधारण सभाले लक्ष्मण गौतमको अध्यक्षमा नयाँ सञ्चालन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सीता लामा, सचिवमा मोहन प्रसाद ढुङ्गेल, कोषाध्यक्षमा भूमि बहादुर गौतम, सह–सचिवमा कुमार गौतम निर्विरोध निर्वाचित भएको छ । समितिको सदस्यहरूमा सावित्री माया तामाङ दामदोर्जे लामा चयन भएका छन् ।

त्यसैगरि साधारण सभाले कुमार बहादुर गौतम संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरूमा सिंह बहादुर तामाङ, भरत बहादुर श्रेष्ठ चयन भएका छन् ।

संस्थाको साधारण सभाको उद्घाटन एक कार्यक्रम चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले गरेका थिए ।

साधारण सभाको विशेष अतिथिमा गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ, वडा नं. ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाईं, वडा सदस्य, कार्यपालिकाको सदस्य, सहकारी सङ्घ संस्था प्रतिनिधि, विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेका थियो ।

१४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको यस सहकारीको पूँजी १४ करोड ७४ लाख पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा असल ऋणी र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

Comments

comments