काठमाडौं । रसुवा,धादिङ र नुवाकोट जिल्लामा बसोबास गर्ने तामाङहरुको गीत संगीत छुट्टै पहिचान र संस्कृतिक सभ्यता बोकेको म्हेन्दोमाया कलाकार संघको ७ औं वार्षिक साधारण सभा तथा साँस्कृतिक कार्यक्रम काठमाडौंको राजधानीमा सम्पन्न भएको छ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका पुर्व राज्य मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि संस्कृति ,पर्यटन नागरिक उडानका पुर्व राज्य मन्त्री पर्शुराम तामाङ विशेष उपस्थितिमा क्वालिटी रेष्टुरेन्ट सामाखुसी काठमाडौंमा भएको हो।

संस्कार र संस्कृति सम्बर्द्धन प्रबर्द्धन र विकास गर्ने मुख्य नाराका साथ भएको कार्यक्रममा म्हेन्दोमाया गीत संगीतमा निरन्तर लागि रहने, म्हेन्दोमाया कलाकार संघको विकासका लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने कलाकार,समाजसेवी,पत्रकारहरुलाई सम्मानपत्र प्रदान गरिएको थियोे ।

उक्त कार्यक्रममा म्हेन्दोमायाको चर्चित नायक/नायिका साथै कलाकारहरुले सांगीतिक प्रस्तुति पनि राखेको थिए।

७ औं वार्षिक साधारण सभामा संघका महासचिव आरम्भ तामाङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रुपा एस घले तामाङले आर्थिक प्रतिवेदन पेस गरेका थिए । तामाङले पेस गरेको वार्षिक प्रतिवेदन हलबाट अनुमोदन गरेको छ भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रेस गर्ने क्रममा संघका केन्द्रीय सदस्य एम.बि गुरुङले संस्था भित्रमा आर्थिक पारदर्शिता नभएको भन्दै प्रश्न उठाएको थियोे ।

म्हेन्दोमाया कलाकार संघले काठमाडौंमा आफ्नो “धिम”अर्थात् भवन निर्माण गर्ने भएको छ।उक्त धिम निर्माण गर्ने संघ लागिरहेको बताएको छ।

कार्यक्रम म्हेन्दोमाया कलाकार संघको अध्यक्ष वाङछु पासाङ तामाङ (राम गोम्जा)को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संघको सचिव आशिक गोङ्बो तामाङले सञ्चालन गरेको थिए।

 

Comments

comments