मिलन दोङ तामाङ
तामाङ समुदायको साझा संस्था नेपाल तामाङ घेदुङ मलेसियाको १७ औँ वार्षिकोत्सव तथा महाधिवेशनले मिलन थिङ तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न महाधिवेशनले तामाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विक्रम वाइबा तामाङ, महिला उपाध्यक्षमा सहिली थिङ्ग तामाङ (सन्जना), महासचिवमा भुवन वाइबा तामाङ, सचिवमा सुमन पाख्रिन तामाङ, कोषाध्यक्षमा कमल थिङ तामाङ र सह–कोषाध्यक्षमा युनिक योन्जन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि साँस्कृतिक विभाग प्रमुखमा ज्ञान बहादुर तामाङ र सुशासन तथा अनुसन्धान विभाग प्रमुखमा छविलाल बमजन निर्वाचित भएका छन् । संस्थाको सदस्यहरूमा राम बहादुर गोले, दीपक तामाङ, सम्झना तामाङ हरि बहादुर तिदुङ र सोम लाल तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि घेदुङको संरक्षकमा पासाङ पाख्रिन तामाङ, दीपक तामाङ बोम्जन, लामा गुरु रञ्जित योन्जन तामाङ, तम्ब तथा डम्फुरे कृष्ण मोक्तान तामाङ चयन भएका छन् भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार जगत दोङ तामाङ, सल्लाहकार मिलन दोङ तामाङ, श्याम थिङ तामाङ, भोज दोङ तामाङ, नवराज रुम्बा तामाङ रहेका छन् ।

नेपाल तामाङ घेदुङ मलेसियाका निवर्तमान अध्यक्ष जगत सिंह तामाङको सभापतित्व, नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाको अध्यक्ष विपिन राईको प्रमुख आतिथ्यता, गैर आवासीय नेपाली सङ्घ मलेसियाका अध्यक्ष विनोद थापाको विशेष आतिथ्यता र व्यवसायी, पत्रकार, समाजसेवी लगायतका विभिन्न व्यक्तित्वहरूको आतिथ्यता साथै सांस्कृतिक कार्यक्रमको बिच कार्यक्रम सम्पन्न भएको हो ।

Comments

comments