काभ्रे जिल्ला तेमाल गाउँपालिकाको गाउँ शिक्षा समितिको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार (आज) गाउँपालिकाको कार्यालय हलमा सम्पन्न बैठकले तेमालका शैक्षिक सुधारका लागि विभिन्न निर्णय गरेको गाउँपालिका प्रवक्ता तथा सामाजिक विकास संयोजक इन्द्रलाल तामाङले जानकारी दिएका छन् ।
बैठकले तेमालको शैक्षिक सुधारको लागि मुल्यांकन, अनुगमन र सर्वेक्षण गर्न एक कार्यदल समेत गठन गरिएको प्रवक्ता तामाङ बताए । कार्यदलको संयोजकमा शिक्षा समिति सदस्य, सामाजिक विकास संयोजक तथा प्रवक्ता इन्द्रलाल तामाङ, सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत केदार ढकाल, कार्यपालिका सदस्यहरु केशव रसाइली र छ्योइसाङ लामा, प्रअ मध्यबाट खड्क बहादुर लामा, शिक्षा समितिबाट भिमलाल लामा र कृष्ण घिमिरे, शिक्षक महाङ्घका अध्यक्ष कुवाङ्च्यु लामा र समाजसेवी मध्यबाट शान्ति लामा चयन गरेको छ ।
त्यसैगरि बैठकले आगामी शैक्षिक सत्रमा गुणस्तरीय शिक्षा कसरी कायम गर्न विभिन्न कार्यक्रमहरुका साथ अगाडि बढ्ने निर्णय गरेको बताउँदै प्रवक्ता तामाङले गएको एसईईको प्रगति प्रतिवेदन तयार गर्ने, विद्यालयको विद्यार्थी संख्या, भूगोलको मुल्यांकन गरि दरबन्दी मिलन गर्ने समेत निर्णय गरेको छ । गाउँपालिका र प्रधानाध्यापक बीचमा शैक्षिक सुधारका लागि करार संझौता गर्ने र प्रधानाध्यापकले शिक्षकहरुसँग गर्ने समेत निर्णय भएको उनले बताए ।
बैठक गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक चन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।