भक्तपुर । युवा मोडल लाक्पा लामाले फकाउदानी एलिना रायमाझी निकै रिसाएकी छिन् । लाक्पा लामाले एलिना रायमाझीलाई सबैभन्दा धेरै माया गरेको छ। तर पनि एलिना निकै रिसाएकी छिन् ।लाक्पा लामाले धेरै पटक फकाए तर एलिनाको रिस अलिकति पनि कम भएनन् ।यो भन्ने वास्तविक नभएर मात्र भिडियोमा अभिनय गरेको मात्र हो।

वरिष्ठ गायक चन्द्रकुमार दोङको प्रमुख अतिथ्यतामा शुक्रबार अजिमा पार्टी प्यालेस भक्तपुरमा पत्रकार सम्मेलन तथा वृहत् साँस्कृतिक कार्यक्रम गरि उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो।

नेपाली सांगीतिक बजार निकै उत्कृष्ट गीतहरु आइरहेका छन् ।उत्कृष्ट गीतहरु मध्ये फकाउदानी रिसाउने भन्ने म्युजिक भिडियो पनि एक गीत हो।

सञ्चो माया गरेको माया सानोतिनो कुरामा नि रिसाएको हुन्छ ।तर दीर्घकालीन रुपमा भने कहिले नि रिसाएको हुदैन ।कारण ! जसले आफ्नो प्रेमिकालाई आफुलाई भन्दा नि धेरै माया गरेर हुन्छ तर उसले आफ्नो माया सामु घुर्की पनि देखाएको हुन्छ ।तर त्यो घुर्की र रिसाउने धेरै बेरसम्म हुँदैन र हुन्ना पनि!

हुनत सबै मान्छेहरुको माया गर्ने तरिका एउटै हुँदैन, फरकफरकको तरिकाले माया गरेको हुन्छ ।वास्तविक अथाह माया गर्नेहरु बीच क्षणिक मात्रै रिसाएको हुन्छन्।तर थोरै रिस धेरै माया गरेको हुन्छ ।त्यस्तै यस गीत दिन खोजिएको मायाको सन्देश यस्तै हो।

कालिका लामाको प्रस्तुति रहेको गीत गीतकार ज्ञानदास तामाङको शब्दमा वरिष्ठ गायक चन्द्रकुमार दोङको संगीत रहेको छ भने गायक नेपाली गीतमा छुट्टै पहिचान बनाउन चर्चित युवा सुरेस लामा र गायिका दिपा लामाको सुमधुर अावाज रहेका छन् ।

गीतको ध्वनि सम्पादन वरिष्ठ एरेञ्ज चाँद सिको रहेको छ। भने चर्चित निर्देशक अजय स्याङतानले निर्देशन गरेको भिडियो विक्रम मोक्तानले छायांकन गरिएको छ।भिडियोमा ड्रोन दृश्य छायांकन विशाल सापकोटाको रहेको छ।भिडियोको इडिट अजय स्याङतानले गरेको ह‍ो भने कलर राजेन्द्र मोक्तानले गरिएको थियोे ।

यस म्युजिक भिडियोमा जोमसोमको रमणीय दृश्यहरु अवलोकन गर्न सकिनेछ।

कार्यक्रममा विशेष अतिथि तामाङ राष्ट्रिय घेदुङको महासचिव प्रविन बल, चर्चित गायक सञ्जिव वाइवाा चर्चित नायक सागर घिसिङ, राष्ट्रिय प्रशिक्षक विकास देव योञ्जन ,राष्ट्रिय खेलाडी सागर घिसिङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।
उक्त कार्यक्रमको गीतकार ज्ञानदास तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार सुदिन दोङले सञ्चालन गरिएको थियोे ।
भिडियो हेर्नुस्

Comments

comments