काठमाडौं । बाैद्वको जम्बुडाँडाको कृष्णमिन्दर नजिकै गोठाटारमा भर्खरै मात्रै बा ६ च ५१५१को गाडीमा अज्ञात समुहबाट ३ राउन्ड गोली प्रहार भएको घटनामा प्रत्यक्षदर्शी राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलले तेमाल अनलाइनलाई जानकारी दिएको हो।

प्राप्त जानकारी अनुसार मोटरसाइकलमा आएको अज्ञात समुहले एक गार्मेन्ट फ्याक्ट्रि संचालकलाई गोली प्रहार गरेको हो।

गोली प्रहारबाट सख्त घाइतेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उक्त घटनास्थलबाट नेपाली प्रहरीले पेस्तोल समेत बरामद भएको सुचना प्राप्त भएको छ। गोली प्रहार किन र कसले गरेको हो ? भने बारे कारण अझै खुलेको छैन।विस्तृत जानकारी आउन बाँकी ।

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।