पाँचखाल युनाइटेड फुटबल एसोसिएसन (पुफा)को आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा ‘पाँचखाल महोत्सव–२०७९’ सोमबारबाट शुरु भएको छ । महोत्सवको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले एक समारोहका बीच उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले कृषि नगरी पाँचखालामा शुरु भएको महोत्सवमा स्थानीय स्तरमा उत्पादन गरेका कृषि सामाग्रीलाई विक्रिमा राख्न अनुरोध गरे । पाँचखाल नगर भित्र उत्पादन हुने तरकारी लगायतका अन्य बिउविजनलाई यस नगरपालिकाले हिजोको दिनमा पनि सहयोग गर्दै आएको र यो पटक पनि यहाँका किसानका लागि अझै थप सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा नगरप्रमुख खरेलले सम्पुर्ण पाँचखाल वासि मिलेर अगाडि बढेका कारण पाँचखाल प्रदेशकै उत्कृष्ट बन्न सफल भएको जानकारी दिए । आगामी दिनहरूमा देशकै उत्कृष्ट नगर निर्माणको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा पाँचखाल नगरपालिकाका उप–प्रमुख सूर्यमाया दनुवारले यस महोत्सवले यहाँको आर्थिक पर्यटन एवं प्रर्वद्धनमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताईन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख रिमबहादरु तामाङ, मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख विष्णुमणी नेपाल, पाँचखाल नगरपालिकाका प्रवक्ता संजय तामाङ, नगरका १ देखि १३ सम्मका वडाअध्यक्षहरु, नेपाली काग्रेसका नेता सुन्दरमणी आचार्य, नेपाली काग्रेसका क्षेत्रीय सभापति हेम लामा, माओवादी केन्द्र पाँचखाल नगरपालिका अध्यक्ष चेत प्रसाद गौतम, एकीकृत समावादी पाँचखाल नगर सचिव सूर्य भेटवाल, नेकपा बहुमत काभ्रे संयोजक कृष्ण सेवा लगायतले महोत्सवले कृषि नगरीय पाँचखालको पर्यटन र आर्थिकको सम्भावना बोकेको यस नगरमा भोलिका दिनमा पनि यस्ता खाले कार्यक्रम हुदै जाउन र यसले समग्र पाँचखाल बासीको हकहितका लागि राम्रो सन्देश जाने बताए ।
’खेलकुद विकासमा युवाको अभियान, कृषि, सस्कृति र पर्यटन प्रवद्धन पाँचखाल महोत्सवको पहिचान’ भन्ने मुल नाराका साथ शुरु भएकोे महोत्सव असोज १६ गते सम्म चल्ने आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिए । महोत्सवमा १ सय भन्दा धेरै स्टल छन् ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरू, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू, कृषि औजारका सामाग्रीहरूको स्टलहरू छन् । कार्यक्रमको टिकट दर सर्वसाधारणका लागि रु ६० र विद्यार्थी सहुलियत दर रु ४० रहेको आयोजकले जनाएको छ । यस कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई निःशुल्क प्रबेशको व्यबस्था रहेको छ तर परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने आयोजकले जानकारी दिए ।
महोत्सवमा फुटबल प्रतियोगिता, अर्गानिक कृषि प्रदर्शनी, स्थानीय खानाका परिकार,संस्कृति र पर्यटन प्रबद्र्धन स्टलहरु,बाल मनोरञ्जनात्मक गतिविधिहरु,राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक बेजोड प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























