काभ्रे जिल्लाको बनेपामा रहेका बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा साधारण सभा गरेको थियो ।
साधारणसभा अध्यक्ष कैलाश केसी, लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र सचिव जयराम थापाको क्षेत्रगत सभापतित्वमा सम्पन्न भएको छ । बनेपा क्षेत्रको कार्यक्रम संचालन लेखा सुपरिवेक्षण समतिकी सदस्य शर्मिला नेपालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गीता कुँवर क्षेत्रीले र प्रतिवेदन प्रश्तुत सह–कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रश्तुत गरेका थिए ।
त्यसैगरि धुलिखेल क्षेत्रको कार्यक्रम संचालन पूर्व शिक्षा अधिकृत नविन बडालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गायत्री खड्काले र प्रतिवेदन प्रश्तुत उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले गरेका थिए । नाला क्षेत्रको कार्यक्रम संचालन टुकुचा जागरण सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य जयराम श्रेष्ठले, स्वागत मन्तव्य संचालक समिति सदस्य अनिला श्रेष्ठले र प्रतिवेदन प्रश्तुत सह–सचिव प्रकाश भुर्तेलले प्रश्तुत गरेका थिउ ।
साधारण सभामा प्रतिवेदन मार्फत आर्थिक वर्ष २०७८।०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु. १,७४,६५,५१,८२९।८१, कुल बचत रु. १,३२,२१,८४,४८४।६५, शेयर पूँजी रु. १४,८७,२९,९००।००, लगानीमा रहेको ऋण रु. १,३३,५४,६४,९९२।८७, संस्थागत पूँजी रु. ११,७६,२५,५२०।८८ र संचालन मूनाफा रु. ६,२१,६८,११७।२१ रहेको वार्षिक प्रेतिवेदनमा उल्लेख छ ।
सभाले सदस्यहरुलाई १४.५० प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ३.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।
साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै सभाध्यक्षहरुले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट धन्यवाद ज्ञापन समेत गरेका थिए । सभामा कुल सदस्य संख्याको ५९ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको र संस्थामा आवद्ध शेयर सदस्यहरुलाई शेयर लाभांश र बाल बचतकर्ता सदस्यहरुलाई बचतको आधारमा कापि पेन्सील र पेन वितरण गर्ने भएको छ ।
Comments