बाैद्व। विजय गोलेको सांगीतिक प्रस्तुति र मानध्वज तामाङको सह निर्माणमा तयार  गरिएको  गीत हिरो हिरोनी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

शुक्रबार तामाङ चलचित्र संघकी कार्यवाहक अध्यक्ष भुईसाल लामाको प्रमुख आतिथ्यमा म: म प्लाजा बाैद्व जोरपाटीमा पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।

तामाङ सांगीतिक क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ गीतहरु आइरहेका छन् भने आज फेरि अर्को नयाँ पृथक गीत हिरो हिरोनी तामाङ सांगीतिक बजारमा थपेको छ।

लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको शब्द, संगीत रहेको गीत चर्चित गायिका जितु लोप्चन र चर्चित गायक तथा संगीतकार विशाल काल्तनको स्वर रहेको छन् ।

चर्चित निर्देशक अजय स्याङतानको निर्देशित तयार पारिएको म्युजिक भिडियोमा तामाङ चलचित्र संघको केन्द्रीय सदस्य एवम् चर्चित नायक टुल्साङ मोक्तान र चर्चित नायिका सुस्मा मोक्तानले मुख्य भुमिका निर्वाह गरिएको छ।

भिडियोको छायांकन विक्रम मोक्तान र कोरियोग्राफर नरेन मोक्तानले गरेको हो।
उक्त म्युजिक भिडियोको इडिट अजय स्याङतान र कलर राजेन्द्र मोक्तानको रहेका छन् ।
अडियोको एरेञ्ज र मिक्सिङ दिपेस प्रधानले गरेको थिए।

म्युजिक भिडियो र पत्रकार सम्मेलनको बिशेष अतिथिमा तामाङ कलाकार संघ उपाध्यक्ष विशाल काल्तन तामाङ चलचित्र जगतको महानायक अमिर दोङ,तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल
बागमती प्रदेश ३को नेपाल आदीवासी जनजाति चलचित्र महासंघ अध्यक्ष दिपक लामा, र बागमती प्रदेश ३को तामाङ चलचित्र संघको अध्यक्ष अासमान तामाङ रहेका थिए।भने अतिथिमा चर्चित नायिका रञ्जिता ब्लोन,निर्देशक निमा तामाङ ,चर्चिच नायक सागर घिसिङ समाजसेवी तथा राष्ट्रिय खेलाडी सागर गायक तथा संगीतकार अनिल वाईवा घिसिङ, चर्चित मोडल अनिता गोले, अभि लामा ,सबु गोले लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेका थिए।

कार्यक्रम सभापतित्व नायक टुल्साङ मोक्तानले गरेको थियो भने कार्यक्रम पत्रकार सुदिनले सञ्चालन गरेका थए।
भिडियो हेर्नुस्

Comments

comments