नगरकोट । माउन्टेन एभरेष्ट युथ क्लब नगरकोट चागुनारायण नगरपालिका वडा नं ५ को विशेष आयोजनामा बडा दशैको शुभअवसारको उपलक्ष्यमा दोस्रो नगरकोट खुल्ला ९ साईड “A” फुटबल प्रतियोगिता तथा वृहत् सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ।
शुक्रबार रा.प्र.पा केन्द्रीय सदस्य तथा सह- महामन्त्री रविन्द्र प्रताप शाहको प्रमुख आतिथ्यतामा उक्त दोस्रो नगरकोट खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ।
कार्यक्रममा विशेष अतिथि चागुनारायण नगरपालिका वडा नं ६ को वडा अध्यक्ष धनबहादुर लामा लगायत विभिन्न संघ, संस्थाको प्रतिनिधित्व अतिथिहरुको उपस्थिति रहेका थिए।
“संस्कृतिको जगेर्ना समाजिक सुधार ,युवा शक्तिको परिचालन देशको आधार” भन्ने मुलनाराका साथ २०७९ असोज ७ गतेदेखि असोज १५ गते सम्म उक्त फुटबल प्रतियोगिता हुने क्लबको अध्यक्ष सान्त बहादुर तामाङले जानकारी दिएको छ।
फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट ,राईजिङ्ग स्टार,खोपा किङ्स,विस्मभस,चेतनशील युवा समाज,माता पञ्चकन्या,सुर्यविनायक न पा ९,भेगटोल युवा क्लब,बाङ्गे रुख युवा समाज गरि १५ टिमको खुल्ला प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।
फुटबल प्रतियोगितामा प्रथम विजेता फुटबल टिमलाई पुरस्कार रु.१,११,१११रुपैयाँ, दोस्रो पुरस्कार रु.५५,५५५, र तेस्रो पुरस्कार रु २५,५५५।-रुपैयाँ पुरस्कार प्रदान गरिने बताएको छ।
कार्यक्रममा प्रमुख अतिथिले भन्नुभयो फुटबल खेल एउटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको रोचक खेल हो।अब यस क्लबले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकोस् ।साथै खेलमा एकदमै अनुशासन र मर्यादित भई खेलिदिनु हुन सम्पूर्ण सहभागी खेलाडीहरुलाई आग्रह समेत गर्नुभएको छ।
आज शुक्रबार पहिलो खेल माउन्ट एभरेष्ट “A” र राईजिङ्ग स्टार बीच भएको खेलमा माउन्टेन एभरेष्टलाई राईजिङ्ग स्टारले ०-१ ले पराजित भएको छ।खोपा किङ्स ख्वपा र विस्मभस गरी ६ टीमले खेल खेलिसकेका छन।
उक्त फुटबल प्रतियोगिताको अन्तिम फाइनल असोज १५ गते तामाङ समुदायको चर्चित लोकप्रिय गायक तथा संगीतकार एवम् तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङ र चर्चित गायिका जितु लोप्चनको साथमा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ।
२०५०सालबाट औंपचारिक रुपमा स्थापना भएको यस माउन्टेन एभरेष्ट क्लबले स्थापना कालदेखि नै विभिन्न समाजिक कार्यहरू गर्दै आइरहेका छन् ।