काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा माओवादी निकट प्रगतिशील नजस्वास्थ्यकर्मी महासंघको प्रथम गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले दिपेन्द्र चौंलागाईंलाई गाउँपालिका कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
सम्मेलनले उपाध्यक्ष दिनेश गौतम, सचिवमा सविता लामा, कोषाध्यक्षमा सरस्वती चौंलागाईं, सहसचिवमा शुक्र तामाङ निर्वाचित गरेको छ । त्यसैगरि सम्मेलनबाट सदस्यहरुमा अनिला लामा, निरुजा कँडेल, जिवना चौंलागाईं, अञ्जु गौतम, सविना गिरी, उर्मिला लामा, चन्द्र बहादुर शाही, विकास लामा, संगीता चौंलागाईं, मेनुका काफ्ले, पार्वती चौंलागाईं, सफलता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले स्वास्थ्यकर्मीहरुको महंगी भत्ता लगायतका विभिन्न भत्ताहरु प्रदेश सरकारले व्यवस्था गरेको बताए । भत्ता कटौती गरेको स्वस्थ्यकर्मीहरुको गुनासोको जवाफ दिंदै मन्त्री ढकालले हालै मात्र मन्त्री स्तरीय बैठकले काटेको भत्ता यथावत राखेको बताए ।
सो अवसरमा मन्त्री ढकालले रत्न ढकाल मुलुकको वर्तमान निर्वाचन प्रणालीबाट देश सही ठाउँमा नपुग्ने बताउँदै पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिएको बताए ।
माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईंले गाउँपालिकाको आन्तरिक स्रोत न्यून भएकोले पालिकाले स्वस्थ्यकर्मीहरुलाई महांगी भत्ता दिन नसकेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य पार्वती थापा, प्रगतिशिल जनस्वास्थ्य महासंघका केन्द्रिय उपाध्यक्ष कानूनलाल चौधरी, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको केन्द्रिय उपाध्यक्ष कर्म लामा, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार बिष्णु गौतम, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपमहासचिव अशोक गौतम, गाउँपालिकाको प्रवक्ता एबं वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङ, पूर्व उपाध्यक्ष ताराकुमारी चौलागाईं, पालिका स्वास्थ्य शाखा संयोजक तेज घिसिङ, धुसिने शिवालय प्राथमिक अस्पतालका प्रमुख राजु चौलागाईं, माओवादी केन्द्र वडा नं. ५ का वडा अध्यक्ष रमेश गौतम लगायतका सहभागी थियो । जिल्ला अध्यक्ष रेशम योञ्जनको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन सविता लामाले गरेका थिए भने स्वागत जिल्ला उपाध्यक्ष राज गौतमले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।