काठमाडौं ।विजि बर्मा फिल्मस् प्रोडक्शन प्रा.लि को प्रस्तुतिमा र दिलिशा तामाङ लामाको चलचित्र मायादेवी प्रदर्शन तथा सम्मान समारोह सम्पन्न भएको छ।

शनिबार तामाङ चलचित्र संघ बागमती प्रदेशको अध्यक्ष, समाजसेवी तथा कलाकार आसमान वाइवाक‍ो प्रमुख आतिथ्यतामा नेपाल चलचित्र विकास बोर्ड चावहिल काठमाडौमा भएको हो।

चलचित्र प्रदर्शन समारोहबाट विभिन्न विधामा सम्मानित गरिएको छ।
तामाङ चलचित्रकी चर्चित नायिका रोश्नी ब्लोन,सञ्चारकर्मी तथा पत्रकार सुदिन दोङ निर्देशक निमा लामा तामाङ लगायत विभिन्न क्षेत्रमा निरन्तर लागिरहेकाहरुलाई सम्मान गरिएको थियोे ।

लिंखु गाउँपालिका वडा ८ नुवाकोटको १० वर्षकी सोमती तामाङ र भाइ वर्ष ८को विजय तामाङको लालनपालन तथा पठनपाठनको लागि मायादेवी चलचित्र सहयोगार्थ स्वरूप प्रदर्शन गरिएको हो।

विगत ८ वर्ष अगाडि वैदेशिक रोजगारीका लागि मलेसिया गएको बुबाको सवारी दुर्घटना परि मृत्यु भएको थियोे ।भने आमाको पनि फोक्सोमा क्यान्सर भएर मृत्यु भइसकेका छन् ।बुबा र आमा दुवैको मृत्यु भएपछि ती बालबालिकाहरु सहारा विहिन भएको छ।
हाल घरमा १४ वर्षकी दिदी शान्ति माया तामाङले ज्यालादारी गरि लालनपालन तथा पठनपाठन गर्दै आइरहेकी छिन् ।

निर्माता मायादेवी मोक्तानले निर्माण गरेकी सत्य घटनामा आधारित चलचित्रलाई निर्देशक दिपक तामाङले गरिएको उक्त चलचित्रमा दिपक तामाङ, मायादेवी मोक्तान , रस्मिला वाइवा तामाङ प्रस्तुति सिसि, जानकी राई नुन्ना, दिपेन्द्र तामाङ प्रवेश राई, बसन्त बर्मा सुमन राई ,एलबी मगर, सृजना गोले उद्वव बस्नेत ,बालकलाकार आन्द्र राई आस्था भुजेल लगायतका कलाकारहरु भुमिका निर्वाह गरिएका छन् ।

विशेष अतिथि राष्ट्रिय खेलाडी तथा समाजसेवी ज्ञान बहादुर जिम्बा, तामाङ चलचित्र बागमती प्रदेश0का सल्लाहकार तथा निर्देशक विनय लोप्चन निर्देशक डिवि दोङ,निर्माता प्रवल थिङ निर्माता पेमा लामा योञ्जन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।

 

Comments

comments