काठमाडौं । तामाङ कथामा आधारित नेपाली चलचित्र अभियान’ राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन भएको छ।
सोमबार राष्ट्रिय संगीतकर्मी संघ रसुवा र नुवाकोटको संयुक्त आयोजनामा बागमती प्रदेश सभा सदस्य माननीय प्रभात लामाको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमल काठमाडौंमा विशेष शो तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
लाखमान योन्जन तामाङको कथा तथा निर्देशनमा निर्माण गरिएको चलचित्र उक्त चलचित्रमा दिवंगत वरिष्ठ अभिनेता जयनन्द लामा, नायक दावा फिन्जो तामाङ, अमर पाख्रिन, नायिका श्याम माया तामाङ, रश्मिला वाइबा तामाङ, दिनेश कोइराला, रितेश जंग क्षेत्री लगायतका कलाकारहरुको चलचित्रको मुख्य भुमिका निर्वाह गरेका छन् ।
‘अभियान’ चलचित्रमा तामाङहरुको पहिचान सहितको संघीयताको मुद्दालाई जोडदार उठ्ठान गरेको पाइएको छ
बहुसंख्यक तामाङहरु बसोबास गर्ने भुभाग ताम्सालिङ स्वायत्त प्रदेश बनाउन माग, तामाङ संस्कृति र संस्कारलाई जगेर्ना , संरक्षण गर्नुपर्ने मुख्य सन्देश दिन खोजिएको छ। साथै विशेष गरी तामाङहरु अन्तिम तामाङ राजा ह्रेन्जेन दोर्जेको इतिहास,गाई मारेको जुठो मुद्दामा जेल बस्नुपर्ने तामाङहरुको बाध्यता देखि तामाङ संस्कारमा गर्ने विवाह विधि सम्मलाई चलचित्रले उठ्ठान गरेको छ।
चलचित्र प्रदर्शन तथा सम्मान कार्यक्रममा नेपाल तामाङ घेदुङ साथै तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरुलाई अतिथिको आसन ग्रहण नगराउँदा औपचारिक कार्यक्रम खल्लो भएको भनेर उपस्थित दर्शकले बताए ।
हामी त एउटा चलचित्रप्रेमी दर्शक मात्रै हो नितान्त चलचित्र हेर्न मात्र आएको हो।तर यहाँ आम तामाङ समुदायको प्रतिनिधित्व गर्ने नेपाल तामाङ घेदुङको अध्यक्ष जस्तो उपस्थिति हुँदा नाम समेत नलिएको भनेर गुनासो समेत गरेका थिए।
उक्त कार्यक्रमबाट अभियान चलचित्रमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान पत्र, कदर पत्र, र प्रसंशा पत्रबाट विशेष सम्मान गरिएको थियोे ।
कार्यक्रममा विशेष अतिथिहरु राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष समाजसेवी आसमान वाइबा तामाङ, गायक तथा नायक एस कुमार, निर्माता संघका अध्यक्ष नवल खड्ग, तामाङ चलचित्र संघका कार्यवाहक अध्यक्ष भुईसाल लामा, लगायत विशेष व्यक्तित्वहरुको उपस्थिति रहेका थिए।
कार्यक्रम चलचित्रका नायक दावा फिन्जो तामाङको
सभापतित्व सम्पन्न कार्यक्रम सञ्चारकर्मी सोभा त्रिपाठीले सञ्चालन गराएकी थिए।