काभ्रे जिल्लाको व्यापारिक केन्द्र बनेपामा रहेको लिन इन्टरनेशनल बोडिंङ स्कुलका आधारभूत तहका विद्यार्थीहरुलाई दिक्षित गरेको छ । आइतबार विद्यालयमै एक दिक्षान्त समारोहको आयोजना गरि विद्यार्थीहरुलाई दिक्षित गरेको हो ।

नेपाल सरकारले विद्यालय शिक्षालाई पूर्व प्राथमिक तह (बाल कक्षा), कक्षा १ देखि ८ लाई आधारभूत तह र कक्षा ९ देखि १२ लाई माध्यमिक तह कायम गरेपछिको लिन स्कुलले जिल्लामै पहिलो पटक आधारभूत तहका विद्यार्थीहरुलाई यसरी दिक्षित गरेको विद्यालयले जनाएको छ ।
विद्यालयको निर्देशक कृष्ण भण्डारी (शिशिर)को प्रमुख आतिथ्यतामा र विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठबाट २०७८ सालमा आधारभूत तह उतिर्ण भएका २४ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई दिक्षित गर्नुका साथै शुभ–दिपावली, छठ र नेपाल सम्वातको अवसरमा शुभकामना आदानप्रदान गर्नुको साथै विद्यार्थीहरूले देउसी भैलो पनि खेलेका थिए ।
कार्यक्रम विद्यालयका शिक्षक दिपक तामाङले सञ्चालन गरेका थिए । बनेपामा छुट्टै पहिचना
बनाउन सफल भएको लिन स्कुलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । अभिभावक र विद्यार्थीको पहिलो रोजाई लिन स्कुल बन्न सफल भएको अभिभाकहरु बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























