काभ्रे ।लोकतान्त्रिक समाजवादी पार्टीको काभ्रे प्रतिनिधि सभा १ मा प्रकाश लामाको चुनावी कार्यक्रमहरु तिव्र गतिमा भइरहेका छन्।
उम्मेदवार प्रकाश लामाको घरदैलो मतदाता भेटघाट साथै चुनावी अभियान काभ्रेको रोशी,तेमाल,चाैरीदेउरालीको विभिन्न ठाउँहरुमा चुनावी अभियानका कार्यक्रमहरु भइरहेको चुनावी प्रचारप्रसार समिति तथा लोकतान्त्रिक समाजवादी काभ्रेका अध्यक्ष रोशन लामाले तेमाल अनलाइनलाई जानकारी दिएको हो।
निति, नियत,विचार र संस्कार,लोसपाको नेतृत्व लोसपाकै सरकार भन्ने मुल नाराका साथ अगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि काभ्रे प्रतिनिधि सभा १ मा लोसपा पार्टीले नयाँ विचार र युवा उम्मेदवारी लामालाई जिताउन अपिल समेत गरेका छन् ।
उत्पीडित जाति तथा वर्गको अधिकार दिलाउन, समग्र काभ्रेली जनताको अधिकार सुनिश्चित गर्ने ,नि: शुल्क स्वास्थ ,शिक्षा तथा रोजगारीको ग्यारेन्टी, सडक, पुल, पुलेसा,मठमन्दिर,गुम्बालगायतका विभिन्न धार्मिक सांस्कृतिक सम्पदाहरु निर्माण गरि अन्तरिक तथा बाह्य पर्यटनहरुलाई प्रवर्द्धन गर्ने पार्टीको घोषणापत्र तयार पारि चुनावी मैदानमा होमिएको उम्मेदवारी प्रकाश लामाले बताए ।
लामाले अस्थिर राजनीति देश बिकास तर्फ लानको लागि युवाहरुले यो निर्वाचन जित्नु पर्ने भएकाले आम मतदाताहरुलाई साईकल चिन्हमा भोट हाल्न अनुरोध समेत गरिएका छन् ।
आम युवाहरुको आशा र भरोसा पनि युवाले नै जित्नु पर्ने साथै आम मतदाताहरुको बनाई पनि युवालाई मताधिकार दिनुपर्ने लोकतान्त्रिक समाजवादी पार्टीका युवा उम्मेदवार प्रकाश लामाले बताएका छन् ।