बनेपा । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा ‘प्रथम काभ्रे आलु महोत्सव–२०७५’ हुने भएको छ ।

प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना अन्तर्गत आलु सुपरजोन कार्यन्वयन ईकाइ काभ्रेले महोत्सवको यही जेष्ठ १९ गते बेथानचोक गाउँपालिकामा आयोजना गरिने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

कार्यक्रममा इकाईका प्रमुख किशोर पन्तले कार्यक्रमकोबारेमा जानकारी दिएका थिए । इकाईको लक्ष्य अुनसार यो कार्यक्रमको आयोजना गरिएको पन्तको भनाई छ ।

‘यस इकार्यले क्रमशः क्षेत्र विस्तार र प्रविधि प्रसार, यान्त्रिकरण प्रबद्र्धन, आलुजन्य उत्पादनको विविधिकरण, उद्योगबारे जानकारी जनचेतना अभिबृद्धि तथा प्रचार–प्रसारको लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।’ पन्तले पत्रकार सम्मेलनमा भने ।

महोत्सवमा उत्कृष्ट आलु उत्पादक कृषक सम्मान कार्यक्रम, आलुका परिकार प्रदर्शन तथा बजारीकरण, कृषि यन्त्र उपकरण प्रदर्शन, आलु सम्बन्धि उन्नत प्रविधिबारे वृत्तचित्र प्रदर्शन, वाली उपचार शिवीर, विविध साँस्कृतिक कार्यक्रम सहित सञ्चालन गरिने पन्तले जानकारी दिए । महोत्सवमा २५ वटा स्टलहरु रहने पनि उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

गाउँपालिका अध्यक्षको प्रतिबद्धता

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले कृषकहरुको वास्तविकता थाहा पाउनेपर्ने बताए । उनले बेथानचोक गाउँपालिकामा एक सिजनमा १२ करोड जतिको आलु फल्ने गरेको बताउँदै प्रत्यक्ष कृषकहरुलाई फाइदा पुग्ने काममा आफू लागिपर्ने बताए ।

भिडियो हेर्नुहोस्

 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु सुपरजोन कार्यन्वयन इकाई सञ्चालन समितिका अध्यक्ष हरि खतिवडाले मुलुकको समृद्धिको लागि सुपरजोनले धेरै राम्रो काम गर्दै आएको जानकारी दिए ।

 

Comments

comments